जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।०३ गते।
------------------------------------------
जिल्ला पाँचथर, हिलिहाङ, गाउँपालिका वडा नं. ७ स्थित श्री जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित वालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर गरिरहेकाले उक्त शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी बिना कुमारी राईले जय भवानी माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताको राष्ट्रसेवक पद तथा ओहदाको लागि कक्षा ८ र S.L.C. को लब्धाङ्क पत्र (Mark-Sheet) र चारीत्रिक प्रमाणपत्र (Character Certificate) झुट्टा तथा नक्कली शैक्षिक योग्यता प्रमाणपत्रहरु पेस गरी लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरेको पुष्टि भएकोले निज प्रतिवादी बिना कुमारी राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet