जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्‍ति :- मिति २०८३।०१।२९ गते।
------------------------------------------

विशेष अदातलमा दर्ता भएको मुद्दा नं. ०८१-CR-०११८ मा वादी नेपाल सरकार प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी सुमित्रा कुमारी घिमिरे पुडासैनीले आयोगमा अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागज तथा आरोप मागदाबीको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्नेसमेत बेहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण रुपमा छुट दिई सरकारी साक्षीका रुपमा प्रस्तुत गरिएका जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने प्रतिवादी निज सुमित्रा कुमारी घिमिरे पुडासैनीले विशेष अदालत, काठमाडौंमा मिति २०८३।०१।०९ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा आरोप मागदाबी व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले प्रतिवादी चन्द्र बहादुर अधिकारीले लिएको घुस/रिसवत बापत प्राप्त गरेको रकमको चेक सुमित्रा कस्मेटिक एण्ड फेन्सिको नाममा काटिएको र उक्त कस्मेटिकका सञ्चालक प्रतिवादी सुमित्रा कुमारी घिमिरे पुडासैनीलाई दिएको देखिएको, सो चेक प्राप्त गरेपश्चात निजले सटहीको लागि बैंकमा गएको र उक्त चेक सटही नभएपछि चेक फिर्ता दिएको देखिंदा उक्त कार्य घुस/रिसवत लिई भ्रष्टाचार गर्ने कार्यमा मद्दत गरेको कार्य कसूर (Actus Reus)  भएकोले निज प्रतिवादी सुमित्रा कुमारी पुडासैनीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएकोले बिगो रू.५०,००,०००।- (पचास लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।


 प्रवक्ता
सुरेश न्यौपाने

 

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला पर्सा, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/08
जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/02
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27
जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/26
मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19