जिल्ला रौतहट, गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह रू. ५०,०००।– घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।१२।१७ गते ।
----------------------------------------------------

जिल्ला रौतहट, गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहले अदालतको फैसलाबमोजिम दा.खा. पुर्जी गरी जग्गा फुकुवा गराई दिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज डिठ्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग रू. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान-१ सहित  आज मिति २०८२।१२।१७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


  प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति