नापी कार्यालय, चावहिल २ नं नापी टोलीका अमिन टोप जङ खत्री घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८३।०३।०२ गते ।
----------------------------------------------------
नापी कार्यालय, चावहिल २ नं नापी टोलीका अमिन टोप जङ खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाईदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज अमिन टोप जङ खत्रीलाई सेवाग्राहीबाट रू. ६०,०००।– (साठी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकालवारीस्थित उक्त कार्यालय परिसरबाट आज मिति २०८३।०३।०२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
  सुरेश न्यौपाने

प्रेस बिज्ञप्ति प्रेस बिज्ञप्ति