अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जना घुस/रिसवत एवं स्रोत नखुलेको रकमसहित र २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको।


प्रेस विज्ञप्ति:- मिति २०८२।१०।१९ गते ।
----------------------------------------------------

अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालसमेतका कर्मचारीहरुले कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले देहायका दशी प्रमाणसहित निजहरुलाई गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट मिति २०८२।१०।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

देहाय:

अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा डिल्लीबजार, काठमाडौंमा कार्यालय कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुस/रिसवत बापत लिइसकेको रकम रु.१०,०००।–, सोही घर्राबाट स्रोत नखुलेको रकम रु. ४०,३५०।–र निजको साथबाट स्रोत नखुलेको रकम रु. ९६,०७०।– समेत गरी जम्मा रु.१,४६,४२०।– (एक लाख छयालीस हजार चार सय बीस रुपैयाँ), संचार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय पार्सल शाखा, डिल्लीबजार काठमाडौंमा कार्यरत नायव सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस/रिसवत बापत लिइसकेको रकम रु. २०,०००।–, स्रोत नखुलेको रु.१८,८४८।– गरी जम्मा रु.३८,८४८।– (अडतीस हजार आठ सय अडचालीस रुपैयाँ) र अन्य स्रोत नखुलेको रकमसमेत गरी जम्मा रु. २,६८,२८८।–(दुई लाख अडसठ्ठी हजार दुई सय अठासी रुपैयाँ) तथा बिभिन्न व्यक्तिहरुबाट मोबाइल सेट थान-२३ समेत नियन्त्रणमा लिइएको।

प्रवक्ता 
सुरेश न्यौपाने

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति