जिल्ला सिरहा, सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादव घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२४ गते ।
----------------------------------------------------
जिल्ला सिरहा, सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवले उद्योगको लागि ल्याएको काठहरु सिलबन्दी अनुसार भए/नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज कार्यालय प्रमुख राम केवल राय यादवलाई सेवाग्राहीबाट रु.१२,०००।–(बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम तथा श्रोत नखुलेको रू.१,३३,१२०।– (एक लाख तेत्तीस हजार एक सय वीस रुपैयाँ) गरी जम्मा रु.१,४५,१२०।– (एक लाख पैतालीस हजार एक सय वीस रुपैयाँ) र मोबाइल थान-१ सहित निजलाई जिल्ला सिरहा, कर्जन्हा नगरपालिका वडा नं. ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गबाट मिति २०८३।०३।२३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
सुरेश न्यौपाने

प्रेस बिज्ञप्ति प्रेस बिज्ञप्ति