नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउतसहित २ जना रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०८।०२ गते ।
----------------------------------------------------

नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्की बिरगंजमा कार्यरत कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाई रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. ३ आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालय पर्सा १,२,३ नं. नापी टोलीको कार्यालयबाट मिति २०८२।०८।०२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release