चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल रु.१,२०,८५०।- घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२६ गते।
----------------------------------------------------
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस/रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखा अधिकृत ढुण्डी राज दाहाललाई घुस/रिसवत वापतको रकम रु.१,२०,८५०।– (एक लाख बीस हजार आठ सय पचास रुपैयाँ), मोबाइल डिभाइस थान-१(एक) र अन्य सम्बन्धित कागजातहरु सहित निजकै कार्यक्षबाट आज मिति २०८२।०६।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
Tweet