श्री जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटका प्रधानाध्यापक संजय प्रसादसमेत २ जना रु.४,५०,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।२५ गते ।
----------------------------------------------------

श्री जय किसान माध्यमिक विद्यालय धरहरी, रौतहटमा शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दर्खास्त दिएकोमा उक्त बिद्यालयका प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत घुस/रिसवत रु.४,५०,०००।- माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु.४,५०,०००।– (चार लाख पचास हजार रुपैयाँ) बिचौलिया अरविन्द प्रकाश साहकानुले लिइसकेको अवस्थामा निजहरु संजय प्रसाद र अरविन्द प्रकाश साहकानुलाई उक्त रकमसहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं. १३ अदालत रोड स्थित होटलबाट मिति २०८२।०६।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
राजेन्द्र कुमार पौडेल

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release