जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्की रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।०३ गते ।
----------------------------------------------------

जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत वापत रू.१,००,०००।– (एक लाख रुपैयाँ) माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको संयुक्त टोलीले निज लेखा अधिकृत टंक बहादुर कार्कीलाई सेवाग्राहीसँग रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ९, मंगलगडी चोकबाट मिति २०८२।०६।०२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
राजेन्द्र कुमार पौडेल

नियन्त्रण नियन्त्रण
  

Other Press Release