साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०३।१८ गते।
------------------------------------------

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवासमेत लिएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज मनोज कुमार झाले सन् १९९८ मा MAGADH UNIVERSITY, BODH GAYA बाट प्राप्त B.Sc.REG.NO.64/94, Roll No.SH 3643 को मार्क सिट, Emigration Certificate, Transfer Certificate, PROVISIONAL CERTIFICATE लगायतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी बि.सं. २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा शुरु नियुक्ति लिई सोही झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सहायक प्रबन्धक (सातौं तह) पदमा समेत बढुवा नियुक्ति भई ‌ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएकोले निज मनोज कुमार झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला महोत्तरी, साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव महेश्‍वर महतो कोइरीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/24
मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापासमेत ७ जना र बिकोई/धुलिखेल जे.भी,, बानेश्वर, काठमाडौँ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/23
जिल्ला कालिकोट, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमसमेत १० जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/22
नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आरोपपत्र दायर।
2026/07/21
जिल्ला रौतहट, दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झासमेत ४२ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2026/07/20