काठमाडौँ महानगरपालिका, काठमाडौँका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२६ गते।
------------------------------------------

जिल्ला धनुषा, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ (साबिक नकटाझिज-६) स्थायी वतन भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ४ चण्डोल बस्ने रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा निज रामबाबु महतोले काठमाडौँ महानगरपालिकाको कार्यालय, काठमाडौँमा सार्वजनिक पदधारण गरेको मिति २०४६।०१।१९ गतेदेखि मिति २०७८।११।३० गतेसम्मको जाँच अवधिमा निज प्रतिवादी समेतको अनुसन्धानको क्रममा सङ्कलित विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरु एवम् सहकारी संस्थाहरुबाट प्राप्त बैंक खाताको विवरण (Bank Statement), चेक भौचर लगायतका विवरणहरु, एभरेष्ट बैंक लिमिटेडबाट प्राप्त धितो मूल्यांकन प्रतिवेदन, भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौं र जनकपुरधाम, धनुषा, मालपोत कार्यालय, चाबहिल, काठमाडौंबाट प्राप्त जग्गा खरिद सम्बन्धी राजीनामा लिखत पारितका कागजातहरु, भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाको अंशबण्डा पत्र, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ को घरबाटो सिफारिस पत्र, यातायात व्यवस्था कार्यालयबाट प्राप्त पत्र, कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट प्राप्त पत्र, आन्तरिक राजस्व कार्यालय, टंगालबाट प्राप्त पत्र र कागजात, त्रियोग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मण्डिखाटार, काठमाडौंबाट प्राप्त पत्र, स्टेटमेन्ट, चेक भौचरहरू, ऋण आवेदन पत्र, काठमाडौं महानगरपालिकाको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, बागमती प्रदेशबाट प्राप्त सम्पत्ति विवरण फाराम, लिटिल एन्जल्स स्कूल, हात्तीबन, मल्पि सिटी स्कूल, नक्साल, मल्पि इन्टरनेशनल कलेज, बालुबाटार, द चाँदबाग स्कूल, बाँसबारी, पेन्टागन उ.मा.वि, तीनकुने, बालुवाटार स्कूल, काठमाडौं, नाइटिङ्गेल स्कूल, कुपण्डोलबाट प्राप्त अध्ययन शुल्क खुल्ने पत्र र कागजातहरू, बीमा समिति र यूनियन लाइफ इन्स्योरेन्स लगायतका विभिन्न बीमा कम्पनीबाट प्राप्त पत्र, प्रतिवादीहरूका साथै जग्गा बिक्रेताहरु, वडा सचिव र जग्गाको कारोबारसँग सम्बन्धित व्यक्तिहरूको बयान/घटना विवरण कागज लगायत प्रतिवादी रामबाबु महतोले अनुसन्धानको क्रममा पेस गरेका कागजात सहितका आधार प्रमाणहरुलाई समष्टिगत रुपमा विश्लेषण गरी हेर्दा प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोईरीको आयको तुलनामा व्यय अमिल्दो देखिएको, मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएकोमा उक्त सम्पत्ति के कस्तो श्रोतबाट आर्जन गरेको हो भन्ने कुरा प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोईरीले शङ्कारहित तबरबाट प्रमाणित गर्न नसकेको कारणबाट निज प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोईरीले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको समेतको कसूरजन्य कार्य गरेको वारदात स्थापित भएको। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल
  

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22