नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगिता पहाडी तथा AsiaInfo Yunghang Software (Beijing) Limited, China समेतका १८ जना उपर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


                
प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२५ गते।
------------------------------------------

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल समेतले नेपाल टेलिकमको विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मिति 21st December 2011(२०६८।०९।०६ गते) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड र AsiaInfo Linkage Technologies (China) Inc.(ठेक्का नं. NDCL/30/066-67) बीच सम्झौता भई Convergent Real-Time Billing & Customer Support(CRTB&CS) विलिङ्ग प्रणालीको खरिद गर्नुको उद्देश्य नेपाल टेलिकमले प्रदान गरी रहेका GSM मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन/वायरलेस ब्रॉडब्यान्ड) आदि दुरसञ्चार सम्बन्धि सेवाहरुको बिलिङ विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यमवाट संचालन भई रहेको प्रणालीलाई एउटै प्लेटफर्ममा एकिकृत गर्ने, रियल-टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्य रहेको, उक्त ठेक्का नं. NDCL/30/066-67 खरिद सम्बन्धी मूल सम्झौताको Clause No.1.8.5 बमोजिम warranty Completion certificate(WCC) जारी भए पश्चात Annual Maintenance Contract (AMC) सेवा ६ वर्ष सम्मलाई लिन सकिने र Annual Maintenance Contract(AMC)  लिने दिने कार्य गर्दा ५% प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको, उल्लिखित संझौताका शर्तहरु पहिले देखिनै संझौताकारी पक्ष सँग भए गरेको जानी जानी प्रतिवादीहरुले बदनियत राखि उक्त वार्षिक ५% छुट सहितको AMC सेवाको प्रावधान प्रतिकूल हुने गरी आपूर्तिकर्ता AsiaInfo सँग अस्वाभाविक मूल्य कायम गरी गराई जम्मा USD 20,563,000.00 (अमेरिकी डलर दुई करोड पाँच लाख त्रिसठी हजार मात्र) रकममा AMC सेवा खरिद गर्ने गरी सम्झौता गरे गराएको, उक्त कार्य गर्दा गराउँदा नेपाल टेलिकम/सार्वजनिक संस्थालाई भएको हानी नोक्सानी सहितको विवरण निम्न तालिका  नं.१ मा रहेको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता

राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22