सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव रु. ५,७०,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।०१ गते।
----------------------------------------------------

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर सन्तोष कुमार यादवलाई सेवाग्राहीबाट रू.५,७०,०००।- (पाँच लाख सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीबाट आज मिति २०८२।०२।०१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

घुस/रिसवत घुस/रिसवत