आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल रु.५,००,०००।– घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०८३।०४।०७ गते ।
----------------------------------------------------
जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पालले आ.ब. २०७८/०७९ को पूर्ण कर लेखापरीक्षण गर्नको लागि पेस गरेका कागजातहरु मिलेन भनी दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज कर अधिकृत युवराज एम एस पाललाई सेवाग्राहीबाट रु.५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान -१ (एक) सहित निजकै कार्यकक्षबाट आज मिति २०८३।०४।०७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet