जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानूसमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।३० गते।
------------------------------------------

जिल्ला हुलाक कार्यालय, बाराका ना.सु. हाल कार्यालय प्रमुखसमेत रहेका बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैँकको जिम्मा लिँदै आएको, बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको भनी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परी अनुसन्धान भर्इ बारा जिल्ला अदालतमा ठगी मुद्दा दायर भई हाल पुर्पक्षको लागि थुनामा रहेको भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला हुलाक कार्यालय, बारामा तत्कालीन ना.सु. पदमा कार्यरत बलीराम प्रसाद कुर्मी भन्ने बलीराम प्रसाद जिल्ला हुलाक कार्यालय, बारामा बचत बैंक हेर्ने फाँटवालको जिम्मेवारी हुँदै निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा समेत रही हुलाक बचत बैंकमा जनताको निक्षेप रकम संकलन गरी सो विवरण बचतकर्ताहरुको पासबुक तथा लेजर बुकमा मात्र जनाई, कार्यालयको दैनिक नगदी रजिष्टरमा नजनाई, प्रविष्टि नगरी, बैंक दाखिला नगरी, केन्द्रीय कार्यालयमा जानकारी नगराई हुलाक बचत बैंक नियमावली, हुलाक सेवा कार्यविधि निर्देशिका, हुलाक बचत बैंक कार्य संचालन निर्देशिकाले निर्देश गरेको कार्यविधि एवं जिम्मेवारी समेतको पालना नगरी तत्कालीन कार्यालय प्रमुखहरुसँग मिलेमतो गरी बचतकर्ताहरुको बचत गर्नुपर्ने रकम अपचलन गरी आपसमा बाँडफाँड गरी बचतकर्ताहरुबाट उठेको बचत रकम साँवा ब्याँज गरी कूल रु.५,३५,६४,२७९।३३ लिने खाने गरी बदनियतपूर्वक ढङ्गले आफू समेतलाई लाभ हुने गरी सरकारी रकम हिनामिना गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु.५,३५,६४,२७९।३३ (पाँच करोड पैतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा) कायम गरी सोही ऐनको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा सोही ऐनको पहिलो संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (छ) अनुसार बिगो बमोजिम कैद र जरीवाना गरी उल्लिखित बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदावी लिइएको छ।
जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुखहरु जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहले हुलाक बचत बैंकको समेत कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा बचतकर्ताहरुबाट संकलन भएको रकमलाई दैनिक नगदी रजिष्टरमा नजनाई, अभिलेख राखे नराखेको नहेरी, कार्यालयमा प्रविष्टि गरे नगरेको चेकजाँच नगरी, कार्यालयमा अभिलेख नराखी, बैंक दाखिला भए नभएको समेत जाचँबुझ/चेकजाँच नगरी/नगराई, बचत रकमको प्रमाणिकरण नगरी नगराई, केन्द्रीय कार्यालयमा समेत जानकारी नगराई फाटँवाला बलीराम प्रसादको मिलेमतोमा बचतकर्ताहरुको बचत हुनुपर्ने रकम आपसमा बाँडफाँड गरी बचतकर्ताहरुबाट उठेको बचत रकम साँवा ब्याँज गरी कूल रु.५,३५,६४,२७९।३३ दुरुपयोग गरी मासेको देखिएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु.५,३५,६४,२७९।३३ (पाँच करोड पैतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा) कायम गरी सोही ऐनको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा सोही ऐनको पहिलो संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम बिगो बमोजिम कैद र जरीवाना गरी उल्लिखित बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा कार्यरत पूर्ण सिंह विष्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला मुगु, सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/22
जिल्ला रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/21
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18