प्रतिवादी तारणी प्रसाद खतिवडासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०१।२२ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय ईनरुवा सुनसरीमा कार्यरत सहायक प्रवन्धक तारणी प्रसाद खतिवडा समेतका प्रतिवादी उपर चपडाहा निम्न माध्यमिक विद्यालयको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय ईनरुवा सुनसरीको नाममा रहेको खाताको रकम खातावालाको नाम परिवर्तन गरी खातामा रहेको सरकारी सम्पत्ति लिनेखाने उदेश्यले मिलेमतो तथा पूर्व योजना बनाई जिल्ला शिक्षा कार्यालय, सुनसरी ईनरुवाको लेटर प्याड तथा छाप दस्तखत किर्ते गरी दस्तखत नमुना कार्ड नै बैंकबाट परिवर्तन गरी अर्कै व्यक्तिको नाममा खाता खोली चेक समेत जारी एवं खाता सञ्चालन गरी रु.५,६०,०००।- रकम निकाली हिनामिना गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११  र १७ बमोजिमको कसुरमा बिगो रु.५,६०,०००।– कायम गरी सोही ऐनको दफा ११ तथा दफा १७ ले निर्देशन गरे बमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३(१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०१।२४ को फैसलाबाट आंशिक सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०१।२२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी संजय कुमार ठाकुरसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/29
प्रतिवादी प्रलब कायस्थसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/25
प्रतिवादी शम्भु कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/25
प्रतिवादी वीरेन्द्र मल्लसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/22