प्रतिवादी भीमकान्त लामिछानेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०१।०८ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय विरेन्द्रनगर, सुर्खेतका का.मु निर्देशक भीमकान्त लामिछाने, लेखा अधिकृत  शिवराम रोकाय समेतका प्रतिवादीहरुले जिल्ला दैलेख, चामुण्डा बिन्द्रासैनी  नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालय चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ हाडाकोट दैलेखसँग बिभिन्न तालिम संचालनको लागि सम्झौता गरेकोमा तालिम संचालनको भौतिक पूर्वाधार, तालिम संचालन गर्ने मानवस्रोतको मूल्याङकन र स्थलगत अनुगमन एवं निरीक्षणसमेत नगरी बिद्यालयसँगको आपसी मिलेमतोमा तालिम संचालन भएको देखाई रकम हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.३,४३,८८,८१६।- कायम गरी सोही दफाले निर्देशित गरे बमोजम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३(१)(झ) बमोजिम सजाय हुन र उक्त बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असुर उपर हुन भनी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।११।२४ र मिति २०८१।०३।०२ को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०१।०८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी संजय कुमार ठाकुरसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/29
प्रतिवादी प्रलब कायस्थसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/25
प्रतिवादी शम्भु कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/25
प्रतिवादी वीरेन्द्र मल्लसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/22