उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा संचालित बागमती नगर जग्गा एकिकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादव उपर बिगो रु.३,२९,४५,७०२।२१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।०८ गते।
------------------------------------------

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा संचालित बागमती नगर जग्गा एकिकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज दिनेश प्रसाद यादवले मिति २०६३/०५/०८ गतेदेखि मिति २०८१/०३/३० गतेसम्मको जाँच अवधिमा निजले आय आर्जन गरेको बैध आयमा तलबी पारिश्रमिक आय, भत्ता, नागरिक लगानी कोषबाट फिर्ता आएको रकम, आवास कर्जा, कृषि आय, गाडी बिक्री, घर बिक्री, जग्गा बिक्रीबाट प्राप्त रकम, सापटी लिएको तथा निज र निजको श्रीमतीले प्राप्त गरेको बैंकको ब्याज रकम गरी जम्मा कूल बैध आय रु.२,४२,२०,३०१।३० (दुई करोड बयालीस लाख बीस हजार तीन सय एक रुपैयाँ तीस पैसा) रहेको र उक्त अवधिमा निजले लगानी गरेको व्ययमा आवास कर्जा तिरेको रकम, गरगहना खरिद, घर निर्माण, जग्गा खरिद, बैंक मौज्दात, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, ऋण सापटी तिरेको, सापटी दिएको, सामाजिक खर्च र पुँजीगत लाभकर तिरेको रकम गरी जम्मा कूल व्यय रु.५,७१,६६,००३।५१ (पाँच करोड एकहत्तर लाख छैसठ्ठी हजार तीन रुपैयाँ एकउन्न पैसा) रहेको देखिंदा कूल आय रकममा कूल व्यय रकम घटाउँदा रु.३,२९,४५,७०२।२१ (तीन करोड उनान्तीस लाख पैत्तालीस हजार सात सय दुई रुपैंया एक्काइस पैसा)  ऋणात्मक रही गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.३,२९,४५,७०२.२१ (तीन करोड उनान्तीस लाख पैतालीस हजार सात सय दुई रुपैंया एक्काइस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम सजाय र सोही मूल्य बराबरको सम्पत्ति जफत एवं असुल हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत गरी पाउन साथै अपुग बिगोको हकमा प्रचलित कानून बमोजिम हुन मागदाबी लिइएको छ।
साथै, दिनेश प्रसाद यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नो श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत गर्ने प्रयोजनको लागि मात्र निजको श्रीमती अमृता कुमारी यादवलाई प्रतिवादी कायम गरी आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10