प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१५ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
• प्रतिवादीहरु सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र सोही नगरपालिकाका लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.९,२२,५००।- बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन,
• प्रतिवादी सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) बमोजिमको कसुरमा रु.९,९५,०००।- बिगो कायम गरी सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।१४ को फैसलाबाट आंशिक सफाई दिएको-:
क) सार्वजनिक खरिद ऐन तथा अन्य प्रचलित कानुन बमोजिम ठेक्का सम्झौता नगरेको अवस्थामा जमानत फिर्ता दिन मिल्ने कानुनी व्यवस्था नरहेको।
ख) प्रतिवादी हरिओम प्रसाद जयसवाल देवापुर माछापोखरी ठेक्काको समयमा सिम्रौनगढ नगरपालिकामा कार्यरत भएको नदेखिएको ।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१५ मा पुनरावेदन गरीएको छः-
देहाय:
• प्रतिवादी हरिओम जयसवालले आवश्यक कानूनी प्रक्रिया पुरा नगरी पुन: २०७८।०१।२४ मा देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गरी सोनु मत्स्य फर्मको ठेक्का सदर गरेको स्पष्ट हुँदा हुँदै निज प्रतिवादी हरिओम प्रसाद जयसवाललाई आरोपदावीबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
• देवापुर पोखरी ठेक्काको लागि मिति २०७६।०३।१३ मा प्रकाशित बोलपत्रको सूचनामा उल्लेख भएको न्यूनतम कबोल अङ्क शुरुको ठेक्काको रु. ४०,००,०००।– मा बिना आधार, औचित्य र कारण बिना आफू खुशी तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहले घटाई रु.३०,००,०००।– न्यूनतम कबोल अङ्क कायम गरी सोनु मत्स्य फर्मको ठेक्का सदर गरी सिम्रौनगढ नगरपालिकाको रु.९,९५,०००।- राजस्व चुहावट गर्ने कार्य गरेको पुष्टि भएको अवस्थामा प्रतिवादी हरिओम प्रसाद जयसवाल आरोपदावीबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र