प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीहरू सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, तत्कालीन लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखामा कार्यरत सहायक स्तर चौथो पदमा कार्यरत सुरेश प्रसाद यावदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसूरमा बिगो रु.१,९९,८९७।-  कायम गरी सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन, 
 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।१४ को फैसलाबाट सफाई दिएको-: 
क) खरिद कार्यमा बदनियत थियो भन्ने पुष्टि हुन नसकेको र Software खरिद गरिसकेपछि प्रयोगमा आउन नसकेकोमा बदनियत तत्त्व नरहेको ।
ख) “खरिद भएको सफ्टवेयरमा डाटा प्रविष्टी लगायतका कार्य गरेको देखिएको र Software सञ्चालनमा रहेको देखिएको” भन्ने व्यहोराको प्रतिवेदन पेश गरेको। 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१५ मा पुनरावेदन गरीएको छः-
देहाय:
क) सिम्रौनगढ नगरपालिका, बाराले जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीका लागि Software खरिदका सम्बन्धमा नगरपालिकाबाट कुनै निर्णय नभएको र प्रतिवादीहरुका तर्फबाट समेत उक्त Software खरिदको आवश्यकता रहेको पुष्टि हुने कुनै पनि आधार पेश गर्न नसकेको अवस्थामा प्रतिवादीहरुको बदनियत नभएको भन्ने आधार ग्रहण गरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख) कम्प्युटर अधिकृतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरेको प्रतिवेदन सम्बन्धमा सम्मानित अदालत समक्ष बकपत्र गर्दा “उक्त प्रतिवेदन मुद्दासँग सम्बन्धित होइन, करसँग सम्बन्धित सफ्टवेयरको हो” भनी उल्लेख गरेको। प्रमाण ऐन, २०३१ को दफा १० र दफा १८ बमोजिम निज कम्प्युटर अधिकृतले व्यक्त गरेको कुरालाई प्रत्यक्ष प्रमाणका रुपमा ग्रहण गर्नुपर्नेमा सो ग्रहण नगरी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको। 
ग) सिम्रौनगढ नगरपालिका बाराका लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले अनुसन्धान अधिकारी समक्ष गरेको बयानमा जिन्सी दाखिला गर्ने स्टोर किपरले सफ्टवेयर किन दाखिला गर्नु भएन थाहा भएन तर त्यो software जडान गरेर प्रयोगमा ल्याउन नसकिएको हो भनी कसुरमा साबित भई बयान गरेको। सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीले बयानमा लेखा/स्टोर कर्मचारीको अज्ञानताले Software सञ्‍चालन गर्ने कर्मचारी नहुँदा तथा तालिममा सिक्न नसक्दा Software जडान गरी सञ्‍चालनमा ल्याउन नसकी समस्या भएको हो भनी कसुरमा साबित भई बयान गरेको देखिँदा देखिँदै निज प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28