प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
प्रतिवादीहरु गज बहादुर रावत, सन्तोष धामी, यज्ञश्‍वर पाण्डे, सुरत बहादुर रेश्मीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूरमा बिगो रु.८,००,०००।- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हिनामिना गरी बिगो असुल उपर हुन, 
विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।१० को फैसलाबाट सफाई दिएको-: 
• प्रतिवादीहरुले कसुरमा ईन्कारी वयान गरेको। 
• EPI Clinic को लागि नेपालगन्ज स्थित युनाईटेड ड्रग्स सेन्टर प्रा.लि. बाट औषधी खरिद गरिएको र उक्त ड्रग्स सेन्टरका सञ्चालक राम बहादुर पुलामी मगरले वकपत्र गर्दा बिल बमोजिमको कारोबार भएको हो, रकम नगदै बुझिलिई भर्पाई गरी दिएको हो, उक्त औषधी ढुवानीको लागि खच्चरको भाडा स्वरुप रु.८०,०००।– लिई भर्पाई गरेको हुँ भनी धर्मसिंह कार्कीले वकपत्र गरेको देखिएकोले आरोप दावी पुग्न नसक्ने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१५ मा पुनरावेदन गरीएको छः-
देहाय:
क) सर्केगाड गाउँपालिका ३ नं. वडा कार्यालय उनापानीले आ.व.२०७४/०७५ मा EPI Clinic को लागि औषधी खरिद गरीएको भनिएको युनाईटेड ड्रग्स सेण्टर प्रा.लि.का संचालक राम बहादुर पुलामी मगरले अनुसन्धानको क्रममा कागज गर्दा बिलहरुमा भएको दस्तखत मेरो तथा कामदार कर्मचारीको रुपमा राखेका व्यक्तिको हो। बिल बमोजिमको रकम नगदै वा चेक मार्फत भुक्तानी लिएको होइन, कारोवार झुट्टा हो, उक्त औषधीहरु अर्डर गरी प्याकिङसमेत गर्न लगाएको र लिन नआएकोले जारी गरीएका बिलहरु रद्द गरी प्याकिङसमेत खोली यस प्रा.लि.को औषधी मौज्दात मिलाई सकिएको भन्ने बेहोरा अनुसन्धानको क्रममा कागज गरेको देखिएको। औषधी ढुवानी गरिएको भनिएको देउराली कार्गो सेवा दर्ता रहेको अभिलेखबाट नदेखिएको भनी घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेको पत्रबाट लेखी आएको र सो नामको कार्गो सेवा नै नरहेको भनी स्थानीय कार्गो सेवा सञ्चालकले अनुसन्धानको क्रममा कागज लेखाई दिएको तथा सोही बेहोराको वकपत्र समेत गरेको देखिएको, खच्चरबाट औषधी ढुवानी वपातमा रु.८०,०००।–वडा अध्यक्ष गज वहादुर रावतबाट बुझेको भनी पेस भएको भरपाईमा रहेको दस्तखत मेरो होइन, भर्पाईमा उल्लेख भएको रकम मैले वडा अध्यक्षबाट बुझिलिएको होइन र भर्पाई पनि गरेको होइन। मेरो कुनै खच्चर पनि छैन, त्यसैले खच्चरबाट सामान ढुवानी गरी रकम बुझेको कुरा गलत हो भनी धर्मसिंह कार्कीले अनुसन्धानको क्रममा गरेको कागज समेतका आधार प्रमाणहरुबाट उक्त औषधी खरिद नै नगरी नक्कली बील बनाई रकम हिनामिना गरी कसूर गरेको तथ्य मिसिल संलग्न उक्त तथ्य प्रमाणबाट पुष्टि भएकोमा सफाई दिने गरी भएको फैसला  त्रुटिपूर्ण रहेको।
ख) प्रतिवादी सन्तोष धामीले अनुसन्धानको क्रममा वयान गर्दा, औषधी ढुवानी वापतमा रु.८०,०००।- वडा अध्यक्ष गज वहादुर रावतको खातामा जम्मा गरेको तथा बाँकी रकम चेक र नगद बाट भुक्तानी दिएको हुँ, औषधी खरिदको भुक्तानीमा संलग्न झुट्टा बिल भर्पाई निज वडा अध्यक्षको रोहवरमा आफूले बनाएको तथा यस विषयमा आफूसँग ज्ञान नभएकोले कार्यालय प्रमुखसँग सल्लाह मागी सो अनुसार गरेको भनी प्रतिवादी  सन्तोष धामीले बयान गरेको देखिएकोबाट प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको। 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28