प्रतिवादी जयकुमार खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।१२।१४ गते।
---------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
• प्रतिवादीहरु साझा भण्डार सहकारी संस्था लि. का तत्कालीन अध्यक्ष जयकुमार खडका तथा संचालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.४,०४,२४,१८१।२० कायम गरी सोही ऐनको दफा १७ बमोजिम सोही दफाले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन,
• प्रतिवादी सञ्चालक समितिका तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु. ४,००,९४,१८१।२० कायम गरी सोही ऐनको दफा १७ बमोजिम सोही दफाले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम विगो समेत असुल उपर हुन,
• प्रतिवादी जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला, टोखा न.पा. ३, बाँसबारी बस्ने गीताकुमारी शाहीलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही दफा २२ को प्रतिवन्धात्मक बाक्यांसमा भएको व्यवस्था बमोजिम सोही ऐनको दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन,
• प्रतिवादी जिल्ला बाँके, कोहलपुर नगरपालिका वार्ड नं. ११ बस्ने सुरोज गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही दफा २२ को प्रतिवन्धात्मक बाक्यांसमा भएको व्यवस्था बमोजिम सोही ऐनको दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन, 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१२।०१ को फैसलाबाट  सफाई दिएको-: 
• साधारण सभाले अनुमति प्रदान गरेबमोजिम संस्थाको संचालक समितिले प्रतिस्पर्धाको आधारमा पारदर्शी रुपमा सबै भन्दा बढी कबोल गर्नेलाई र मालपोत कार्यालयले तोकेको न्यूनतम मूल्य भन्दा बढी मूल्यमा हक हस्तान्तरण गरेको देखिएको।
• मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादीहरुले बदनियतका साथ जग्गा बिक्री गरी आरोपदावी बमोजिम संस्थालाई हानी नोक्सानी पुर्‍याएको देखिएन।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) साझा भण्डार सहकारी संस्था लिमिटेड भोटाहिटी, काठमाडौंले आफ्नो नाममा रहेको सुर्खेत जिल्ला साविक कटकुवा गा.पा. वडा नं. ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, कित्ता नं. १३०३ जग्गा र बाँके जिल्ला, कोहलपुर गा.वि.स. वडा नं. ३ (क) का कित्ता नं. ९६९, १२३२, १२३३, १२३४, १२३५ र १२३६ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा बिक्री गरी आर्थिक हिनामिना गरेको सम्बन्धमा प्रतिवादीहरु संचालक समितिका पदाधिकारी रहेको र प्रतिवादी गीताकुमारी शाही र सुरोज गिरी साझा भण्डार सहकारी संस्था लिमिटेडबाट कम मूल्यमा जग्गा खरिद गर्ने व्यक्ति रहेको तथ्य पुष्टि भएको। 
ख) सुर्खेत र कोहलपुरमा रहेको जग्गा व्यक्तिलाई बिक्री गर्नुपूर्व उक्त संस्थाले सहकारी विभाग वा माथिल्लो निकायबाट स्वीकृति लिएको नदेखिएको र स्वीकृति विना उक्त जग्गाहरु जग्गा व्यक्ति विशेषलाई बिक्री गर्न नपाउने भन्ने समेत व्यहोरा उल्लेख भएकोमा स्वीकृति वेगर व्यक्ति विशेषलाई सुर्खेत र कोहपुर दुवै स्थानको जग्गा बिक्री गरी रु.४,०४,२४,१८१।२० सार्वजनिक संस्थाको सम्पत्तिको हानी नोक्सानी गरेको पुष्टि भइरहेको अवस्थामा प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको।
ग) साझा भण्डार सहकारी संस्था लिमिटेड अन्तर्गत सुर्खेतको जग्गा साझा भण्डार सहकारी संस्थाको संचालक समितिको निर्णयबाट बिक्री गर्ने निर्णय भई ३५ दिनको म्याद राखी सूचना प्रकाशित गर्नुपर्नेमा नियमावली विपरीत २१ दिने सूचना प्रकाशन गरी सिमित व्यक्तिहरुको बोलपत्र फारामहरुको आधारमा प्रतिवादी गिता कुमारी शाहीलाई उक्त जग्गा रु.६,७०,०००।–मा बिक्री गरेको देखिएको। सोही अवधिको जग्गा बिक्री गरी पारित भएका राजिनामा लिखतहरु मध्ये न्यूनतम बिक्री मूल्यलाई नै आधार मानी हेर्दा समेत प्रति धुर रु.२५,०००।- का दरले २ कट्ठा (अर्थात ४० धुर) को रु.१०,००,०००।- बिक्री दर रहेको अवस्थामा जग्गा खरिदकर्ता गीता कुमारी शाहीलाई रु. 6,70,000।– मा बिक्री गरी संस्थालाई हानी नोक्सानी पुर्‍याएको मालपोत कार्यालयको पत्रबाट देखिएको हुँदा मिसिल संलग्न प्रमाणहरुको मुल्याङ्कन नगरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
घ) बाँके जिल्ला, कोहलपुरमा रहेको जग्गा कोहलपुर नगर विकास समितिले प्लानिङ गरेको साझा भण्डार सहकारी संस्था लिमिटेडको नाममा दर्ता कायम रहेको कित्ताहरुको आसपासको १४४ वर्गमिटर क्षेत्रफल भएको जग्गाको न्यूनतम बिक्री मूल्यलाई नै आधार मानी हेर्दा रु. ७०,५०,०००।-मा बिक्री भएको देखिंदा सोही आधारमा साझा भण्डार सहकारी संस्था लिमिटेडले आफ्नो नाममा रहेको ६ वटा कित्ता जग्गाहरुको क्षेत्रफल २ कट्ठा १७ धुर (९६५.०१ वर्ग मिटर) को मूल्य रु. ४,७२,४५,२८१।२० पर्ने देखिएकोमा रु.७१,५१,१००।- मा मात्र सुरोज गिरीलाई बिक्री गरेको देखिंदा मिसिल संलग्न प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा मुल्याङ्गकन नगरी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी बलराम थापा क्षेत्रीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/30
प्रतिवादी उपेन्द्र बहादुर थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी गज बहादुर रावतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी देवेन्द्रमणी त्रिपाठी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी हरिओम प्रसाद जयसवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी विश्वराज मरासेनीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28
प्रतिवादी कलिम अहमद जोलाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/03/28