जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी, गलत लिखत तयार एवं सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१२।१३ गते।
------------------------------------------

जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा अघिल्लो आ.ब.२०७६।०७७ मा रकम विनियोजन गरी कार्यसम्पन्न भएको र सोही कामलाई आधार मानी आ.ब.२०७७।०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिई अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला बझाङ्ग, खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई योजनाको आ.ब. २०७६।०७७ मा बार्षिक बजेट विनियोजन भई फिल्डमा कार्य सम्पन्न भइसकेको, आ.ब. २०७७।०७८ को बार्षिक योजना किताबमा उक्त सिम्लका घट्ट सिंचाई योजना नरहेको र फिल्डमा कुनै कामसमेत नभएकोमा पहिले नै सम्पन्न भइसकेको योजनालाई आ.ब. २०७७।०७८ मा उक्त योजनाको उपभोक्ता समिति र गाउँपालिका बीच सम्झौता, लागत अनुमान, प्राविधिक मूल्याङ्‍कनसहितको Measurement book, valuation sheet and work completion report समेतका गलत लिखत तयार गर्ने/गराउने कार्य गरी सोही गलत लिखतको आधारमा उपभोक्ता समितिलाई भुक्तानीको लागि सिफारिस गरेको, योजना नै नरहेको कामको लागत अनुमान, सम्झौता पत्र, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन लगायतका गलत लिखत कागजातहरु लुकाउने छिपाउने बदनियतले च्याते/च्यात्न लगाएको र झुट्टा बिल भरपाईको आधारमा रु.१४,०८,८१७।- रकम भुक्तानीको लागि चेकसमेत दिए लिएको देखिएबाट उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/19
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा खरिदार पदमा कार्यरत राम कुमार बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/18
जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/17