प्रतिवादी पुष्कर प्रसाद भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०९।२८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
• प्रतिवादी भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायलाई रु.१,९५,७२,१०७।७९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ ले निर्दिष्ट गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजश्व रकमको दोव्बर रकम जरिवाना सजाय हुन साथै प्रतिवादीहरुलाई सरकारी रकम हानि नोक्सानी तर्फको रु.३,४७,५९,७१९।९७ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय र ऐ. दफा ३ को उपदफा (१) बमोजिम जरिबाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगोसमेत ऐ. दफा १७ बमोजिम असुल उपर हुन, 
• प्रतिवादीहरु हिमालय सिंह ऐर, सुबास अधिकारी, बिष्णु देव भट्ट र दिपेन्द्र चौधरीलाई राजश्व चुहाबट गरी हानि नोक्सानी तर्फको रु.१,९५,७२,१०७।७९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को खण्ड (क) र (ख) को कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजश्व रकमको दोब्बर जरिवानको सजाय हुन साथै भए गरेका कुरा लुकाईछिपाई खरिद प्रतिवेदन तयार गरी स्वीकृतिको लागि पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूर गरेकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजाय हुन,
• प्रतिवादीहरु केशव राज भट्ट, दिवाकर भट्ट, ईश्वरी प्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्ट र भवानी कन्स्ट्रक्शन प्रा.लि.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा रु.५,४३,३१,८२७।७६ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय तथा बिगो जफत हुन र ईश्वरी प्रसाद भट्टको मृत्यु भईसकेको अवस्था भएकोले निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियार निजको श्रीमती प्रतिवादी खगेश्वरी भट्टबाट विगो असुल उपर हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०२।०१ को फैसलाबाट सफाई दिएको-: 
क) बादीले पेश गरेको मिसिल सामेल महाकाली नदिजन्य पदार्थको ढुंगा गिट्टि बालुवा ग्राभेल र माटो रोयल्टी शुल्क उठाउने पट्टाको फारमामा कार्य अबधि २०७८।०८।०३ देखि ०७९ साल जेठ मसान्त सम्म उल्लेख भई उत्खनन गर्न अनुमति दिइएको ढुंगा गिट्टी बालुवाको माग आरोपपत्रमा भए अनुरूप ६,१३,९८,२६० नभई ४,५०,३३५\११ घनमिटर मात्र तथा दर रेटमा रू.१०५/८४ भन्ने नै उल्लेख भएको देखिएको। 
ख) भवानी कन्स्ट्रक्सनले सुरक्षणको लागि राखेको चेक अनादर भएपछि भिमदत्त नरपालिकाले उक्त रकम असुलीका लागि चेक अनादर मुद्दा कन्चनपुर जिल्ला अदालतमा हालेको देखिएको र यसबाट जमानत वापत चेक लिएको प्राबिधिक कारणले मात्र प्रतिबादीहरुले भ्रष्टाचार निचारण ऐन ,२०७४ को दफा १७ को कसूर गरेको भन्न मिलेन।  
ग) प्रचलित कानूनले स्थानिय तहको करको दर तोक्ने र जारी गर्ने अधिकार निर्वाचित प्रतिनिधिमा रहने कुरालाई ऐनले नै स्वीकारेको र नगरसभाले करको दर तोकी कार्यान्वयन गर्न सक्ने अवस्था रहेको हुँदा कम्तिमा रू.१०५/८४ प्रति घनमिटरका दरले राजश्च बुझाउने गरी सम्झौता गर्नुपर्नेमा प्रति घनमिटर रु.७७/६३ मात्र बुझाउने गरी सम्झौता गरेको भनि हानी नोक्सानी भएको भन्ने कसूर पुष्टि हुन आएन।
घ) प्रतिबादीहरूले मौकामा र अदालतमा बयान गर्दा कसूर गरेकोमा ईन्कार गरी बयान गरेको देखिएको।  
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०९।२६ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) मिति २०७८।०५।०२ मा बोलपत्र मूल्याङ्कन समितिको संयोजक पुष्कर प्रसाद भट्टको संयोजकत्वमा बसेको मूल्याङ्कन समितिले भीमदत्त नगरपालिकाको ठेक्का नं. नं.७/आआ-३३३६६/२०७८/०७९ महाकाली नदीको प्राकृतिक स्रोत नदीजन्य पदार्थको रोयल्टी उठाउनको लागि E-bidding बाट प्राप्त १(एक) मात्र बोलपत्र भवानी कन्स्ट्रक्शन प्रा.लि.ले ठेक्काको लागि रु.६,२१,००,०००।- कवोल गरेकोले सारभुत रुपमा प्रभावग्राही भएकोले उक्त बोलपत्र स्वीकृत गर्न नगर कार्यपालिकाको कार्यालयमा सिफारिस गर्ने निर्णय गरियो भन्ने मूल्याङ्कन समितिले निर्णय गरेको। मूल्याङ्कन समितिको निर्णयबाट स्वीकृतिको लागि छनौट भई सिफारिस भएकोले बोलपत्र स्वीकृत गर्ने आशयको सूचना मिति २०७८।०७।२३ गते प्रकाशित भएकोमा कुनै किसिमको उजुर बाजुर समेत नपरेकोले स्वीकृत गर्ने भन्ने मिति २०७८।०७।३० गतेको नगरकार्यपालिकाको निर्णयबाट देखिएको। ठेक्का कबोल गरेको रु.६,२१,००,०००।- को ४० प्रतिशतले हुन आउने रकम रु.२,४८,४०,०००।– नगदै जम्मा गरी बाँकी रकम बराबरको २०७९ साल असार मसान्तसम्मको म्याद भएको बैंक जमानतपत्र सहित १५ दिनभित्र सम्झौता गर्न आउने भन्ने भीमदत्त नगरकार्यपालिकाको पत्रबाट देखिएको।उल्लेखित पत्र समेत हेर्दा प्रतिबादीहरूको एक आपसमा मिलोमतो गरी नगरपालिकालाई नोक्सान र कन्स्ट्रक्सनलाई फाईदा पुग्ने गरी सम्झौता गरेको पुष्टि भएको देखिएबाट प्रतिबादीहरूलाई सजाय गर्नुपर्नेमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको। 
ख) ठेक्का बमोजिमको कार्य गर्नको लागि सम्झौता गर्न आउँदा मिति २०७८।८।२ मा रू.९०,००,०००।नगद र १,०१,००,०००।– रकमको चेक जम्मा गरेको भौचर देखिएको। मिति २०७८।०४।०३ मा प्रकाशित गरिएको ठेक्का नं. ०७ आ.आ.३३३६६/०७८/०७९ को सूचना बमोजिम ढुंगा,गिट्टी बालुवा,ग्राभेल र माटो उत्खनन संकलन तथा बिक्री बितरणका लागि तपाईले पेश गर्नु भएको बोलपत्र मुल्यांकन गर्दा आ.ब. ०७८\०७९ का लागि रू ४,७६,६३,४६९।- मा तपाईसँग ठेक्का सम्झौता गर्न मिति २०७८।०७।३० मा यस कार्यालयबाट निर्णय भएको हुँदा सम्झौता गर्न उपयुक्त हुने भन्ने समेत व्यहोरा उल्लेख गरी उक्त सम्झौताको शर्तमा २०७८/७९ को लागि कबोल अंकको रू ४,७६,६३,४३९ रकम मध्ये रू १,९१,००,०००।–जम्मा भएको भौचर थान २ पेश गरेको र बाँकी रू २,८५,६३,४६९।– रकमको चेक बुझाई भन्ने राखि सम्झौता भएको।भिमदत्त नगरपालिकाको पत्रमा भीमदत्त नगरपालिकाको आर्थिक ऐन २०७८ को अनुसूची १२ मा दउत्तर, बहत्तर शुल्क वापत दर रू.७५ उल्लेख भएपनि ढुंगा,गिट्टी बालुवा,ग्राभेलको दहत्तर,बहत्तरको संकलन बिक्रीमा लाग्ने शुल्क बापतको दर प्रदेश कानूनले निर्धारण गरे बमोजिम हुने भन्ने कानुनी ब्यवस्था भएकोले सोही बमोजिम दररेट कायम गरिएको भन्ने समेत व्यहोरा उल्लेख भएबाट समेत प्रतिबादीहरूको बदनियत पुष्टि भईरहेको देखिंदा देखिंदै सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।    
ग) महाकाली नदीजन्य पदार्थको ढुंगा गिट्टी बालुवा ,ग्राभेल र माटो रोयल्टी शुल्क उठाउने पट्टाको फारममा रोयल्टी शुल्कमा रू.४,७६,६३,४६९।–रकममा ४,५०,३३५.११ घनमिटर परिमाणको रू.१०५.८५ प्रति घनमिटर भनि उल्लेख गरेको।भिमदत्त नगरपालिकाको पत्रमा दुबै पक्ष बीच सम्झौता हुँदा पहिलो किस्ता बापत रू.१,९१,००,०००।–जम्मा भएको र असुल उपर गर्नुपर्ने रकम रू.२,८५,६३,४६९.०० भएकोमा बैंकको चेक यस कार्यालयलाई श्री भवानी कन्स्ट्रक्सन प्रा.लि.बाट पेस गरेकोमा सो चेक बमोजिम रकम बैंकमा दाखिल नभई चेक अनादर भएकोमा यस कार्यालयबाट मिति २०७९ श्रावण १७ गते कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको भन्ने उल्लेख भएको।बोलपत्र सूचना, बोलपत्र मुल्यांकन समितिको निर्णय र प्रतिबादीले पेश गरेको बोलपत्र प्रस्ताब पुस्तिका बिपरित तथा प्रतिबादीले सम्झौता गर्न आउने बारेको पत्रमा समेत सम्झौता गर्न आउने शर्तमा उल्लेख गरे अनुसार बैंक जमानत राख्नु पर्नेमा चेक पेश गरेको अवस्थामा समेत सम्झौता गरेको कारण चेक अनादर भई अदालती प्रकृयामा जानुपर्ने अवस्था सृजना भएकोले प्रतिबादीहरूको कारण राजश्वमा समेत नोक्सान भएको देखिंदा देखिंदै सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
घ) भीमदत्त नगरपालिका कन्चनपुरका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र श्री भवानी कन्स्ट्रक्सन प्रा.लि. का आधिकारिक व्यक्ति दीवाकर भट्टबीच मु.अ. करबाहेक रु.४,७६,६३,४६९।– ठेक्का अङ्क उल्लेख गरी महाकाली नदीको प्राकृतिक स्रोत नदीजन्य पदार्थको (ढुंगा, गिट्टी, बालुवा, ग्राभेल तथा माटो) रोयल्टी उठाउने सम्वन्धी ठेक्कामा २०७८ साल मंसिर २ गते सम्झौता भएको रु.१,९१,००,०००।– नगरपालिकाको नामको बैंकमा पैसा जम्मा गरेको। भौचर पेश गरी बाँकी रकम रु.२,८५,६३,४६९।– को सिद्धार्थ बैंक लिमिटेडको मिति २०७९।०२।३१ उल्लेख भएको ठेकदार पक्षले चेक (Cheque) बुझाएको मिति २०७८।०८।०३ देखि मिति २०७९ साल जेठ मसान्त सम्म आ.व.२०७८/०७९ को लागि असोज १ गतेदेखि सम्झौता हुनु भन्दा पहिलेका दिनहरुलाई दामासाहीले घटाई बाँकी हुन आउने रकम कुल कबोल अङ्क मानी सोही बराबर उक्त सम्झौतामा नै प्रति घनफिट रु.७७।६३ प्रति घनमिटर) को दरमा रोयल्टी संकलन गर्न पाउने गरी मिति २०७८/०३/२८ मा नै प्रदेश सरकारद्धारा प्रकाशित राजपत्रको सूचना अनुसार नदिजन्य पदार्थ ढुङ्गा,गिटी,वालुवा र ग्राभेलको रोयल्टी शुल्क रु.३ प्रति घनफिट (१०५/८४ प्रतिघनमिटर) भन्ने उल्लेख हुँदा हुदै भीमदत्त नगरपालिकाले मिति २०७८/०४/०३ गते बोलपत्र आब्हान गरेको बोलपत्र पुस्तिकामा शुल्क दरमा भ्याट बाहेक रु.७५ प्रति घनमिटर उल्लेख गरी नदीजन्य पदार्थ गिटी,वालुवा,ग्राभेल,ढुङाको न्युनतम रोयल्टी प्रति घनमिटर रु.७५।- को आधारमा न्युनतम कवोल अङ्क रु.६,००,००,०००।– उल्लेख भएको आधारमा बोलपत्रदाताले रु.६,२१,००,०००।– प्रति घनमिटर रु. ७७/६३ मात्रको हिसाव अनुसार उत्खनन् गर्न सकिने गरी समयको अनुपातको हिसावले रु. ४,७६,६३,४६९।– मा सम्झौता गरेको।सोही सम्झौतामा नगरपालिकालाई बुझाउनु पर्ने बिक्री शुल्क सुदूरपश्चिम प्रदेश आर्थिक ऐन,२०७८ मा ढुगा,गिटी,बालुवा,ग्राभेल र रोडा स्वीकृत खानी क्षेत्र बाहेक प्रति घनमिटर रु.१०५/८४ का दर रहेको भन्ने उल्लेख समेत गरी भीमदत्त नगरपालिकाले ठुलो रकमको राजश्व चुहावट हुने गरी सम्झौता गरेको।अर्को तर्फ आर्थिक बर्ष २०७८/०७९ को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्वन्धी ठेक्का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ प्रकासित बोलपत्र अनुसार बोलपत्रदाताले ठेक्का सम्झौता गर्दा प्रथम किस्ता कबोल अंकको ४०% ले हुन आउने रकम नगदै भीमदत्त नगरपालिकाको खातामा जम्मा गरेको भौचर पेश गरी बाँकी रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क” बर्गको बैंकबाट जारी भएको जमानत पेश भएपछि मात्र सम्झौता गरिने छ भन्ने प्रावधान बिपरीत श्री भवानी कन्स्ट्रक्सन प्रा.लि. भीमदत्त नगरपालिका-१८ ले भीमदत्त नगरपालिका सँग मु.अ.कर बाहेक रु.४,७६,६३,४६९।- मा सम्झौता गर्दा सम्झौता रकमको ४०% ले हुन आउने रु.१,९१,००,०००।– नगरपालिकाको नामको बैंकमा पैसा जम्मा गरेको बैंक भौचर पेश गरेको देखिन्छ । बाँकी रकम रु.२,८५,६३,४६९।– को बैङ्क जमानत पेश गर्नुपर्नेमा सो विपरीत सिद्धार्थ बैंकको मिति २०७९।०२।३१ गतेको मिति उल्लेख भएको चेक पेश गरेकोमा उक्त चेकको रकम नगरपालिकाको खातामा दाखिला नभई चेक अनादर भएको देखिएको। यसरी जमानत नराखी गरिएको सम्झौता समेत सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यबस्थापन कार्यबिधि, २०७५को दफा १० को उपदफा (२) को बिपरीत भएको। ठेक्कामा नियमानुसार लिनुपर्ने जमानत नलिईकन गरिएको सम्झौता गरिएको। मिति २०७८।०८।०२ मा श्री भवानी कन्स्ट्रकशन प्रा.लि.सँग सम्झौता गर्दा सम्म पनि सुदूरपश्चिम प्रदेश आर्थिक ऐन,२०७८ मा उल्लेखित दररेट अनुसार ठेक्का सम्झौता नगरी ठेक्का सम्झौतामा दररेट फरक पारी कम्तिमा रु.१०५/८४ प्रति घनमिटरका दरले राजश्च बुझाउने गरी सम्झौता गर्नुपर्नेमा प्रति घनमिटरको रु.७७।६३ मात्रका दरले रकम नगरपालिकामा बुझाउने गरी सम्झौता गर्दा नगरपालिकालाई भएको हानिनोक्सानीलाई भएको।
ङ) भिमदत्त नगरपालिकाले आ.ब. २०७८।०७९ को बोलपत्र सूचना आव्हान गर्दा सुदुरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ को दफा ८ बमोजिम माटो, ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडाको प्रति घनमिटर रु.१०५।८४) रोयल्टी तोकेकोमा नगरपालिकाले उक्त भवानी कन्स्ट्रक्शन प्रा.लि.सँग सम्झौता गर्दा मु.अ. कर बाहेक प्रति घनमिटर रु.७७।६३ को दरले मात्र हुने गरी सम्झौता गरेको देखिंदा बोलपत्र सूचनाको अंक भन्दा कम अंकमा सम्झौता गरी प्रतिबादीहरूको एकआपसमा मिलोमतो गरी राजश्च चुहावट गरेको देखिंदा देखिंदै सफाई दिने गरी फैसला त्रुटिपूर्ण रहेको।
च) प्रतिबादी मध्येका पुष्कर कुमार भट्टले मौकामा बयान गर्दा ठेक्का सम्झौता भएको मितिदेखि दामाशाहीले दिनगन्ती गरी बाँकी अवधिको हुन आउने रकममा सम्झौता भएको हो भनी बोलपत्रमा उल्लेखित रकमभन्दा कम रकममा सम्झौता भएको भन्नेमा स्वीकार गरी बयान गरेको।प्रतिबादीले सम्मानति अदालतमा उपस्थित भई बयान गर्दा बोलपत्र आह्रानको सूचना,बोलपत्र पुस्तिकामा उल्लेख भएको व्यहोरा,बोलपत्रको व्यहोरा र निर्णयमा उल्लेख भएको व्यहोरा ठीक साचो हो भनि बयान गरेको। प्रतिबादीले नै कम मुल्यमा सम्झौता गरेको स्वीकार गर्दा गर्दै को अवस्थामा रोयल्टी शुल्क उठाउने पट्टाको फारमलाई आधार लिई गरिएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।
छ) प्रतिवादी हिमालय सिंह ऐरको संयोजकत्वमा सुबास अधिकारी, बिष्णु देव भट्ट, दिपेन्द्र चौधरीसमेत रहेको खरिद इकाईको बैठकले  आ.व.२०७८/७९ को नदीजन्य पदार्थको ठेक्का आव्हान गर्दा सुदुरपश्चिम प्रदेशको आर्थिक ऐनले तोकेको प्रति घनमिटर रू.१०५/८४ भन्दा कम रोयल्टी उठाने गरी प्रति घनमिटर रु.७५।– शुल्क दर भएको बोलपत्र पुस्तिका तयार गरी स्वीकृतिको लागि पेश गरेको।सोही बोलपत्रको आधारमा पुष्कर प्रसाद भट्टको संयोजकत्वको बोलपत्र मूल्याङ्कन समितिले भवानी कन्स्ट्रक्शन प्रा.लि.लाई रु.६,२१,००,०००।–  मा नै स्वीकृत गर्न नगरकार्यपालिकाको कार्यालयमा सिफारिस गरेकोमा सोही आधारमा भवानी कन्स्ट्रक्सन प्रा.लि.सँग ठेक्का सम्झौता भई मु.अ.करसमेत रु.१,९५,७२,१०७।७९ बराबरको राजश्व चुहावट गरी सरकारी रकमको हानि नोक्सानी गर्ने कार्य गरेको देखिएकोमा भएगरेका कुरा लुकाईछिपाई खरिद प्रतिवेदन तयार गरी  स्वीकृतिको लागि पेश गर्ने प्रतिबादीहरू खरिद ईकाइका संयोजक तथा सदस्यहरु रही पेश गरेको हुँदा प्रतिवादीले राजश्च चुहावट गरेको पुष्टि हुँदा हुँदै सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।  
ज) प्रतिवादी केशव राज भट्ट, दिवाकर भट्ट,, ईश्वरी प्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्ट र श्री भवानी कन्स्ट्रक्शन प्रा.लि. कन्चनपुरले आर्थिक बर्ष २०७८/७९ को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्वन्धी ठेक्का  नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेक्का सम्बन्धमा भवानी कन्स्ट्रक्सन प्रा.लि.ले आफ्नो आधिकारिक प्रतिनिधि दिवाकर भट्टमार्फत भीमदत्त नगरपालिकासँग मु.अ.करबाहेक रु.४,७६,६३,४६९।- मा ठेक्का सम्झौता गर्दा सोको प्रथम किस्ता कबोल अंकको ४०% ले हुन आउने रकम नगदै भीमदत्त नगरपालिकाको खातामा जम्मा गरेको बाँकी रकम रु.२,८५,६३,४६९।– को सिद्धार्थ बैंक लिमिटेडको चेक लिएको देखिएकोले। प्राकृतिक स्रोतको करको दररेटमा बोलपत्र पेश गर्दा भ्याट बाहेक प्रति घनमिटर रु.७७।६३ कबोल अङ्क राखी ठेकदार पक्षलाई आर्थिक लाभ हुने गरी नगरपालिकाको कर्मचारीसँगको मिलोमतोमा ठेकदारले उठाउन पाउने दररेट बढाएर भ्याटबाहेक प्रति घनमिटरको रु.१०५।८४ उल्लेख गरी भीमदत्त नगरपालिकासँग भवानी कन्स्ट्रकशन प्रा.लि.ले प्रदेश कानुन बमोजिमको दररेटमा नै सम्झौता गरेको भान हुने गरी सम्झौतामा फरक फरक दररेट उल्लेख गरी सम्झौता गर्दा राजश्व चुहावट बापत मु.अ.कर समेत रु.१,९५,७२,१०७।७९ हानि नोक्सानी भएको। भिमदत्त नगरपालिकासँग सम्झौता गर्दा बैङ्क जमानत राख्नुपर्ने रकम रु.२,८५,६३,४६९।– जमानत नराखी सम्झौता गर्दा हानीनोक्सानी भएको मु.अ.करसहित रु.३,४७,५९,७१९।९७ नगरपालिकालाई हानी पुर्‍याएको देखिएको। प्रतिवादीहरु ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट र दिवाकर भट्को मौकामा गरेको बयानबाट समेत कम रकममा ठेक्का सम्झौता गरेको भन्ने पुष्टि हुन आई प्रतिबादीहरूको बदनियत पुष्टि भईरहेको अवस्थामा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको।
 
 प्रवक्ता
नरहरि घिमिरे

Notice of appeal Notice of appeal APPEAL CHARGE APPEAL CHARGE
  

Other Press Release

प्रतिवादी परिवर्तित नाम मिर्चैया १(२०८०) रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/13
प्रतिवादी सचिन कुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/13
प्रतिवादी श्याम किशोर रायसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/13
प्रतिवादी पुष्कर प्रसाद भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/12
प्रतिवादी सुरेन्द्रबहादुर बिष्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/10
प्रतिवादी सुरेन्द्रबहादुर बिष्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/10