जिल्ला अछाम, मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट, किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटा उपर घुस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०९।२५ गते।
------------------------------------------

जिल्ला अछाम, मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट, किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटाले मेल्लेख गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी उपर आयोगको कार्यालय, कञ्‍चनपूरबाट विस्तृत अनुसन्धान भइरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्‍चनपूरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजात सहितको खाम दिंदा निजलाई अनुसन्धान अधिकृतले आफैले खोलेर दिनु भन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेंलो खाममा रू. १,००,०००।- (एक लाख रूपैँया) रहेकोमा यो के को पैसा हो? भनी सोधपुछ गर्दा मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेको अवस्थामा निजले घुस/रिसवत दिने मनसायसहित ल्याएको उक्त रकमसहित निज ध्रुर्व प्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा हाल जिल्ला नुवाकोट किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटा उपर साविकमा जिल्ला अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले निज प्रतिवादीको वयानसमेतका अनुसन्धानका कार्य गर्दै स्थलगत अनुगमन समेतका कार्य सम्पन्न गरिसकेको अवस्थामा उक्त अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारवाही अगाडि नबढार्इ अनुसन्धान टुङ्ग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलार्इ अनिष्ट गर्ने गराउने प्रयोजनको लागि घुस/रिसवत रु.१,००,०००।– दिनको लागि उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई उक्त घुस/रिसवत रकम दिँदादिँदै उसैबखत निज प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा अनुसन्धान अधिकृतको उजुरी प्रतिवेदन समेतका आधारमा पक्राउ परेकोबाट निज प्रतिवादीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) ले परिभाषा एवं निषेध गरे/भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा निजलाई बिगो रु.१,००,०००।–(एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी बिगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

 
 
प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24
जिल्ला कालिकोट, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिर बहादुर बमसमेत १२ जना उपर गैरकानुनी लाभ वा हानी तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/23
जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र छल निर्माण सेवा प्रा.लि., दुनै, डोल्पा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/22
सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सव-इन्जिनियर रविन श्रेष्ठ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/21
स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटा उपर बिगो रू.२,०३,९४,६१५/२४ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/18
रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्य उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/17