प्रतिवादी हरिचन्द्र भुसालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०८।२८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
प्रतिवादी हरिचन्द्र भुसाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा विगो रु. ४,३०,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र बिगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन,
प्रतिवादी शत्रुधन जयसवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा विगो रु. ७,३५,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी बिगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन,
प्रतिवादी गायत्री देवी जयसवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा विगो रु. ५६,०१,६६७।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी विगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन,
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०२।१३ को फैसलाबाट आंशिक सफाई दिएको-:
(क) प्रतिवादी हरिचन्द्र भुसालले सूर्यनारायण लाल कर्णबाट रु.४,३०,०००।- चेकमार्फत लिई सो रकम बैंकवाट निकाली हाकिम राजबाबु पाण्डेलाई दिएको र आफूले हाकिमले दिएको रु.१५,०००।- लिएको भन्ने निजले अदालत समक्ष गरेको बयान बेहोराबाट समेत देखिन आएकोले निजले गरेको कामको प्रकृति हेर्दा आफ्नो नाममा चेक काट्न लगाई घुस रिसवतको रकम बैंकबाट निकाली प्रतिवादी राजबाबु पाण्डेलाई दिने कार्य गरेको देखिँदा मतियारको कसूर गरेको देखिन आएको,
(ख) प्रतिवादीहरु गायत्रीदेवी जयसवाल र शत्रुधन जयसवालले अन्य प्रतिवादीहरुलाई घुस रिसवत दिएको भन्ने आरोपदावी ठोस र बस्तुनिष्ठ प्रमाणहरुबाट बादी नेपाल सरकारले पुष्टि गर्न सकेको नदेखिंदा आरोपदावी बमोजिमको कसूर कायम गरी सजाय गर्नु उपयुक्त र न्याय संगत नदेखिएको,
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।२८ मा पुनरावेदन गरिएको छः-
देहाय:
(क) प्रतिवादी गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालिन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले अनुसन्धान तथा अदालतमा वयान गर्दा सूर्यनारायण लाल कर्णबाट रु.४,३०,०००।- चेकमार्फत लिई सो रकम बैंकवाट निकाली ल्याई आफ्ना हाकिम प्रतिवादी राजवाबु पाण्डेलाई दिएको र आफूले हाकिमले दिएको रु.१५०००।- (पन्ध्र हजार रुपैयाँ) लिएको भनी वयान गरेको, गुठि संस्थान शाखा कार्यालय जनकपुरका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डेले मौकाको वयानमा सुर्यनारायण लाल कर्णले हरिचन्द्र भुसाललाई दिएको रु.४,३०,०००।- बराबरको चेक “के कुन प्रयोजनकोलागि दिएको हो मलाई थाहा जानकारी छैन”, साथै लेखापालले के प्रसङ्गमा उक्त रकम मलाई दिएको भन्नु भएको मलाई थाहा छैन भनी वयान वेहोरा लेखाई दिए समेतबाट निज प्रतिवादी हरिचन्द्र भुसालको वयान खण्डित हुनुको साथै एक आपसमा विरोधाभाषपूर्ण रही विश्वासनीय नदेखिएको। हरिचन्द्र भुसालको नाममा रु.४,३०,०००।-को चेक दिएको र निज प्रतिवादी हरिचन्द्र भुसालले उल्लिखित रकम सही गरी लिएको। प्रतिवादी हरिचन्द्र भुसालको भूमिका मुख्य कसूरदारकै रुपमा पुष्टि भई रहेको देखिंदा देखिदै प्रतिवादी राजवाबु पाण्डेलाई घुस/रिसवत लिनको लागि सहयोग गरेको रुपमा मात्र अर्थ लगाई मतियारको कसूर ठहर गरी भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको।
(ख) गुठी संस्थान अन्तर्गत रहेको जनकपुर गुठी शाखाबाट धनुषसागर रामायणी घाट गुठी र रामचन्द्र गुठीका नाममा रहेका जग्गाहरुको मुआव्जा गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट गायत्री देवी जयसवाललाई रु.८९,८३,३३४।- मोही वापत भुक्तानी भएकोमा नेपाली सेनाको लागि अधिग्रहण गरिएका गुठीको नाममा रही सोको मोही भनिएका गायत्री देवी जयसवाललाई गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआब्जा वापत रु. ७७,०१,६६७।- भुक्तानी गरी उक्त रकम मध्येबाट सुमनकान्त ठाकुरलाई आफ्नो बैंक खाताको रकम मध्ये गायत्री देवी जयसवालले नविल बैंकको चेकबाट रु.५६,०१,६६७।-भुक्तानी दिएको साथै प्रतिवादी शत्रुधन जयसवालले आफ्नो नविल बैकको चेकबाट मिति २०६९।०३।२७ मा प्रतिवादी सुमनकान्त ठाकुरलाई रु.७,३५,०००।-भुक्तानी दिएको तथ्ययुक्त सबूद प्रमाणहरुबाट पुष्टि भएको।
(ग) प्रतिवादी मोही भनिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले निजकी आमा गायत्री देवी जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआव्जा बापत मिति २०६९।०३।२७ गते रु. १२,८१,६६७।- मध्येबाट सोही मितिमा १२,५०,०००।– आफूले लिई सोही मितिमा सोही रकम मध्येबाट सुमनकान्त ठाकुरलाई रु. ७,३५,०००।- मुआव्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएबापत गुठी संस्थान शाखा कार्यालय जनकपुरका कर्मचारीहरु समेतलाई दिने गरी घुस/रिसवत दिएको बस्तुनिष्ठ प्रमाण पुष्टि हुन आएको।अर्का प्रतिवादी सुमनकान्त ठाकुरको वयान बेहोरामा प्रतिवादी शत्रुधन जयसवालको नविल बैंकको मिति २०६९।०३।२७ मा मेरो नाममा खिचिएको रकम रु.७,३५,०००।-मैले लिएको हो, सो चेकमा भएको दस्तखत मेरै हो भनी वयान गरेको र प्रतिवादी शत्रुधन जयसवालले अदालतमा वयान गर्ने क्रममा निज सुमनकान्त ठाकुरबाट ऋण स्वरुप लिएको रकम मैले निजलाई तिरेको हो भनि रकम दिएको स्वीकार गरेबाट मुआव्जा वितरणको कार्यान्वनको सम्वन्धमा रकम लिनुदिनु गरेको प्रष्ट भएकोले निज प्रतिवादी शत्रुधन जयसवालले गरेको उक्त कार्य भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएकोमा मिसिल संलग्न वास्तविक तथ्य प्रमाणहरुको मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको।
(घ) प्रतिवादीहरुले गैरकानूनी रुपमा रकम लिनु दिनु गरेको कुरा अदालतले समेत स्वीकार गरी प्रतिवादी सुमनकान्त ठाकुर समेतलाई कसूरदार ठहर गरी फैसला भएको र प्रतिवादीहरु हरिचन्द्र भुसाललाई मतियारको रुपमा कसूरदार ठहर गरेको सो हद सम्म तथा प्रतिवादीहरु गायत्री देवी जयसवाल र शत्रुधन जयसवाललाई आरोप मागदाबीबाट सफाई दिने ठहर गरी भएको उक्त फैसला त्रुटिपूर्ण देखिएकोले बदरभागी रहेको।
प्रवक्ता
नरहरि घिमिरे
Notice of appeal
Notice of appeal
APPEAL CHARGE
APPEAL CHARGE
Tweet