प्रतिवादी राजकुमार गोइतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०८।१८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
प्रतिवादी तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत र इन्जिनियर उग्रानन्द पाठकलाई भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कसुरजन्य कार्यमा बिगो  रु.६६,६४,६९२।२२ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन,
 
प्रतिवादी भुपेन्द्र यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरजन्य कार्य भएकोले बिगो  रु.२१,००,२४०।९७कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन,
 
प्रतिवादी विजयकुमार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरजन्य कार्य गरेको हुँदा बिगो रु.२६,५४,२१४।४५ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन,
 
प्रतिवादी ममतादेवी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरजन्य कार्य भएकोले बिगो रु.१९,१०,२३६।७९ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन,
 
प्रतिवादी छत्रबहादुर श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कसुरजन्य कार्य भएकोले बिगो रकम रु.२,५४,७१०।७६ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन, मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।०८ को फैसलाबाट सफाई दिएको-: 
क) कम परिमाणको काम गरी बढी परिमाणमा काम भएको भनी नापी कितावमा तथा कार्यसम्पन्न प्रतिबेदन तयार गरेको भन्ने आरोपदावी बस्तुनिष्ठ, ठोस र सबुत प्रमाणमा आधारित रहेको भन्न मिलेन।
ख) प्रतिबादीहरूले पोल बयान गरेको र सरकारी रकम लिई खाई मासेको पुष्टि हुने आधार बादीले पेस गरेको पाइदैन।
ग) निर्माण व्यवसायीले निर्माण सम्पन्न गरेको कार्यको मात्र भुक्तानी बुझिलिएको अवस्थामा शंक्काको सुबिधा प्रतिबादीहरूले पाउने भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम प्रतिबादीहरू उपर कसुर कायम गर्नु न्यायसंगत देखिएन।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।१८ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (SNRTP) तर्फको नियमित मर्मत सम्भार र रुख बिरुवा रोप्ने कार्य अन्तर्गत जिल्ला प्राविधिक कार्यालय, सप्तरीको तर्फबाट विभिन्न ७ वटा सडकमा मर्मत संभारको कार्य गर्दा आयोजना व्यवस्थापन इकाइमा डि.पी.आर. पेस गरी सहमति नलिएको तथा केन्द्रीय आयोजना, आयोजना कार्यान्वयन इकाइको सहमति बिना कुनै आयोजना अघि नबढाउने भन्ने परिपत्रको उल्लङ्घन गरी आयोजना सँचालन गरेको र प्रक्रिया नपुर्‍याई भुक्तानी गरेको सन्दर्भमा SNRTP-PMU हेटौंडा र ILO को कार्यालयबाट भएको छानविन प्रतिवेदन अनुसार उक्त खरिद प्रक्रियाको क्रममा कुनै पनि उल्लिखित प्रस्तावहरुको (bids) को मूल्याङ्कन प्रतिवेदन (Evaluation Report) आयोजना व्यवस्थापन इकाइ-पूर्व, हेटौँडा (PMUE) मा पठाइएको नदेखिएको। सम्झौताको हकमा आसयपत्र (letter of Intent) ननिकालिएको मिति २०७५।०६।१३ को स्थलगत निरीक्षण गर्दा देखिएको सम्झौतामा बमोजिमको कार्य सम्पादन नभए तापनि सो कार्यको मूल्याङ्कन गरी भुक्तानी भएको। नियमित मर्मत संभार कार्यको लागि प्रति कि.मि. रु.१००,०००।-Project Operation Manual (POM) मा उल्लेख भएकोमा जम्मा रु.१,५०,००,०००।-को सीमाभित्र रही खर्च गर्नुपर्नेमा जिल्ला प्राविधिक कार्यालय, सप्तरीले सीमाभन्दा बढी खर्च गरी अधिकार क्षेत्रभन्दा बाहिर गई आर्थिक हिनामिना गरेकोले संचालित बिभिन्न निम्न ठेक्काबाट बढी रकम भुक्तानी भएको। 
ख) ठेक्का नं. SNRTP/SAP/SQ/०१/०७४-७५: अन्तर्गत  चार वटा सडकहरु भारदह-डण्डा-पकरी सडक, पोरताह-बकदुवा सडक, महुली-लोहरजारा-हनुमाननगर सडक र सिमरा-बरमझिया-मालकोट सडकमा “supply and place of gravel at different road” कार्यको लागि सबैभन्दा कम अंकमा कबोल गर्ने माँ जानकी निर्माणसेवासँग रू १७,६६,४२०.४४ लिई मिति २०७५।०३।२५ गते सम्झौता भएकोमा गोश्वारा भौचर र नापी किताव अनुसार जम्मा १११३.६९ घनमिटर ग्राभेल कार्यको लागी  रू.१९,९६,०५५।१० भुक्तानी  भएको देखिएकोमा निरीक्षण प्राबिधिक प्रतिबेदन अनुसार ठेक्कामा जम्मा ८४०.४८ घनमिटर मात्र ग्राभेलको कार्य भएको देखिएकोले उक्त कामको मुल्याङकन गर्दा जम्मा रू १५,१३,०४४.१३ मात्र हुने हुँदा रू ४,८३,०१०.९६ बढी भुक्तानी भएको।
ग) ठेक्का नं. SNRTP/SAP/SQ/०२/०७४-७५: अन्तर्गत चार वटा सडकहरु कादरबोना-रौतहट सडक, खरचिमा-काचन-देउरी सडक, राजविराज पम्प क्यानल-दिग्हवा-हरिहरपुर सडक र इनरुवा-कुनौली सडकमा “supply and place of gravel at different road” कार्यको लागि कम कबोल अंक रू १७,६५,७९३।३५ पेश गर्ने एभरेष्ट निर्माण सेवाले कबोल गरिएकोमा गरेको कार्य सम्पन्न भयो भनी रू.१९,९५,३४६।४९ भुक्तानी  भएकोमा निरीक्षण प्राबिधिक प्रतिबेदन अनुसार उक्त ठेक्कामा जम्मा ६११ घनमिटरको मात्र ग्राभेलको कार्य भएको हुँदा उक्त कामको मुल्यांकन गर्दा रू ९,६१,१००।०३ मात्र हुन आउने भएको हुँदा रू १०,३४,२४६।४५ बढी भुक्तानी भएको। 
घ) ठेक्का नं. SNRTP/SAP/SQ/०३/०७४-७५: अन्तर्गत चार वटा सडकहरु कादरबोना-रौतहट सडक, खरचिमा-काचन-देउरी सडक, कल्यानपुर-इनरुवा-फुलबरिया-बनउला-बनउली-बाराही-कुशहाहा सडक र हरिहरपुर-पकरी-बिसहरिया-तिलाठी “plantation and bamboo guard” कार्यको लागि सबै भन्दा कम कबोल अंक रू १७,६३,६५२।– पेश गर्ने माँ जानकी निर्माण सेवाले प्राप्त गरेकोमा नापी किताव अनुसार १७२४ संख्यामा आँपको बिरुबा बृक्षरोपण गर्ने कार्य भएको भनी  रू.१९,९२,९२६।७६  भुक्तानी भएकोमा निरीक्षण प्राबिधिक प्रतिबेदन अनुसार उक्त ठेक्कामा जम्मा ३२५ आँपको विरूवा बृक्षरोपण गर्ने कार्य भएको देखिएकोले उक्त कामको मुल्यांकन गर्दा जम्मा रू ३,७५,६९६।७५ हुन आउने देखिएकोले रू १६,१७,२३०.०१ बढी भुक्तानी भएको।
ङ) ठेक्का नं. SNRTP/SAP/SQ/०४/०७४-७५: अन्तर्गत चार वटा सडकहरु भारदह-डण्डा-पकरी सडक, इनरुवा-कूनौली सडक, महूली-लोहरजारा-हनुमाननगर सडक र सिमरा-बरमझिया मालकोट सडक “plantation and bamboo guard” कार्यको लागि रू.१९,९९,५०१।६७ (भ्याटसहित) को लागत अनुमान तयार भएको उक्त कार्यको लागी सबैभन्दा कम बोलप्रत्र पेश गर्ने एभरेष्ट निर्माण सेवाले प्राप्त गरेकोमा नापी किताव अनुसार १७२४ संख्याँमा बाँसको घेरा लगाई आँपको बृक्षरोपण गर्ने कार्य भएको भनी रू.१९,९४,८७४।८८ भुक्तानी भएकोमा निरीक्षण प्राबिधिक प्रतिबेदन अनुसार ३२४ वटा बाँसको घेरा लगाई आँपको विरूवा बृक्षरोपण गर्ने कार्य भएको देखिएकोले उक्त कामको मुल्याँकन गर्दा जम्मा रू ३,७४,९०६।८८ मात्र हुन आउने हुँदा रू १६,१९,९६८।– बढी भुक्तानी भएको।
च) ठेक्का ७ नं. SNRTP/SAP/SQ/०५/०७४-७५: अन्तर्गत  दुई वटा सडकहरु रुपनगर-सवानपुर-घोघनपुर सडक, रुपनगर-कञ्चनपुर-पथरी-पदेमरा सडकमा “supply and place of gravel at different road” र “plantation and bamboo guard” कार्यको लागि सबैभन्दा कम अंक कबोल गर्ने अन्नपूर्ण कन्सट्रक्सनले प्राप्त गरेको र उक्त कार्यको लागी नापी किताव अनुसार ग्राभेल कार्य जम्मा ५७२.६२ घ.मी. र बाँसको घेरा सहित आँपको विरूवा वृक्षरोपण गर्ने कार्य जम्मा सख्या ८६२ भएको भनी नापी किताबमा उल्लेख गरी रू.२२,४६,६८०।०० भुक्तानी भएको देखिएकोमा निरीक्षण प्राबिधिक प्रतिबेदन अनुसार ठेक्कामा जम्मा १२१.५ घन.मी. को ग्राभेलको कार्य र १०८ संख्याँ बाँसको घेरा सहित आँपको बृक्षरोपण गर्ने कार्य भएकोले उक्त कामको मुक्यांकन गर्दा जम्मा रू ३,३६,४४३.९४ मात्र हुन आउने देखिएकोले रु १९,१०,२३६।७९ बढी भुक्तानी भएको।
छ) मिति २०७६/०३/०३ मा पेश गरेको स्थलगत नापजाँच प्रतिबेदन अनुसार  जिल्ला प्राविधिक कार्यालय, सप्तरीबाट निर्माण गरिएको रुपनगर-सवानपुर-पथरी-भोगनपुर सडक खण्डमा supply  भएको gravel हालसम्म पनि laying गरेको नपाइएको, योजनामा सम्झौता भए बमोजिमको परिणाममा gravel supply भएको नदेखिएको।
 प्रतिवादीहरु राजकुमार गोइत र उग्रानन्द पाठकको हकमा हेर्दा तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत र इन्जिनियर उग्रानन्द पाठकले ठेक्का नं. SNRTP/SAP/SQ/०१/०७४-७५, SNRTP/SAP/SQ/०२/०७४-७५, SNRTP/SAP/SQ/०३/०७४-७५, SNRTP/SAP/SQ/०४/०७४-७५ र SNRTP/SAP/SQ/०५/०७४-७५ मा “supply and place of gravel at different road” र "plantation and bamboo guard" कार्यक्रमको स्थलगत रुपमा निरीक्षणसमेत गरी अन्तिम भुक्तानीको लागि रु.१,०२,२५,८८३।९५ (भ्याट सहित) को झुट्टा नापी किताब/प्रतिवेदन बनाई कार्यालयमा पेस गरी स्वीकृत गरेकोमा आयोगको मिति २०७६/०१/०४ मा स्थलगत निरीक्षण टोलीले पेस गरेको प्राविधिक प्रतिवेदन अनुसार रु.३५,६१,१९१।७३ मात्रको कार्य भएको देखिंदा खुद काम भएको भन्दा बढी रकम रु.६६,६४,६९२।२२ भुक्तानी दिने र लिने कार्य गरेको देखिएको। प्रतिबादीहरूले मौकामा बयान गर्दा निर्माण गरेको काम Estimate अनुसार नै भएको हो भन्ने समेत व्यहोराको बयान गरेपनि आयोगबाट गरिएको नापजाँचलाई अन्यथा भन्न नसकेको।अदालतमा बयान गर्दा समेत प्रतिबादीहरूले उक्त नाँपजाँचलाई अन्यथा भन्न नसकेको।
 प्रतिवादी भुपेन्द्र यादवले ठेक्का नं. SNRTP/SAP/SQ/०१/०७४-७५ र SNRTP/SAP/SQ/०३/०७४-७५ को निर्माण कार्यको लागि तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीसँग ठेक्का नं SNRTP/SAP/SQ/०१/०७४-७५ र ठेक्का नं. SNRTP/SAP/SQ/०३/०७४-७५ लागि जम्मा रु.३९,८८,९८१।८५ मा सम्झौता गरी अन्तिम भुक्तानीको लागि रु.३९,८८,९८१।८५ को बिल पेस गरी सोही बमोजिमको भुक्तानी लिए तापनि ठेक्कामा सम्झौता बमोजिम काम नगरी, झुट्टा बिल बनाई पेस गरेको र नापी किताबमा समेत हस्ताक्षर गरी सम्पन्न नगरेको नभएको कामलाई समेत भएको गरेको बनाई खुद काम भएको मूल्य रु.१८,८८,७४०।८८ भन्दा रु.२१,००,२४०।९७७ बढी भुक्तानी लिएको। प्रतिबादीले सम्मानित अदालतमा उपस्थित भई बयान गर्दा बाढी प्रभाबित क्षेत्रमा बर्षातमा आएको बाढीले ग्राभेल लस बढी भएको र सम्बन्धित निकायबाट रूख बिरूवामा पानी हाल्ने लगायत संरक्षण गर्ने कार्य नगरेकोले बृक्षरोपण गरिएका बिरूवाहरू बाच्न नसकेको हो भन्ने समेत व्यहोराको बयान गरेपनि निजले गरेको बयानलाई आयोगबाट नापजाँच गरेको प्राबिधिक प्रतिबेदनले खण्डित भएको।
 एभरेष्ट निर्माण सेवाको प्रोप्राइटर विजयकुमार यादवले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीसंग  ठेक्का नं SNRTP/SAP/SQ/०२/०७४-७५  को लागि र ठेक्का नं. SNRTP/SAP/SQ/०४/०७४-७५ लागि जम्मा रु.३९,९०,२२१।३६ मा सम्झौता गरी अन्तिम भुक्तानीको लागि रु.३९,९०,२२१।३६ को बिल पेस गरी सोही बमोजिमको भुक्तानी लिंदा सम्झौता बमोजिम काम नगरी, झुट्टा बिल बनाई पेस गरेको र नापी किताबमा समेत हस्ताक्षर गरी सम्झौतामा उल्लिखित शर्तहरुको बर्खिलाप हुने गरी काम सम्पन्न नभए नगरेको कामलाई समेत भए गरेको बनाई खुद काम भएको मूल्य रु.१३,३६,००६।९१ भन्दा रु.२६,५४,२१४।४५ बढी भुक्तानी लिएको। प्रतिबादीले अदालतमा बयान गर्दा झुठा बिल बनाएको होईन भनी ईन्कार गरी बयान गरेपनि मौकामा आयोगबाट गरिएको नाँपजाँचलाई प्रतिबादीले अन्यथा भन्न नसकेको हुँदा निजको ईन्कारी कसूरबाट बच्नको लागी मात्र गरिएको हो भन्ने देखिएको।
 प्रतिवादी ममतादेवी यादव अन्नपूर्ण कन्स्ट्रक्सनको प्रोप्राइटरले ठेक्का नं SNRTP/SAP/SQ/०५/०७४-७५ को निर्माण कार्यको लागि तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीसँग रु.१९,९१,९६९।२४ (भ्याट सहित) मा सम्झौता गरी अन्तिम भुक्तानीको लागि रु.२२,४६,६८०।७३ (भ्याट सहित) को बिल पेस गरी सम्झौता बमोजिम काम नगरी, झुट्टा बिल बनाई पेस गरेको र काम भएको मूल्य रु.३,३६,४४३।९४ भन्दा रु.१९,१०,२३६।७९- बढी भुक्तानी लिएको।निजले अदालतमा बयानको क्रममा अन्तिम बिल भुक्तानी गर्दा रनिङ्ग बिलमा भुक्तानी भएको रकम नघटाई मानवीय त्रुटिको कारणले बढी रकम भुक्तानी भएकोमा उक्त रकम धरौटीबाट फिर्ता गर्नेछु भनी रकम बढी लिएकोमा स्वीकार गरी बयान गरेको।
 प्रतिवादी छत्रबहादुर श्रेष्ठले जिल्ला प्राविधिक कार्यालय, सप्तरी र निर्माण व्यवसायी अन्नपूर्ण कन्स्ट्रक्सनबीच ठेक्का नं. SNRTP/SAP/SQ/०५/०७४-७५ को लागि मिति २०७५।०३।०५ मा रु.१९,९१,९६९।२४ मा सम्झौता भएकोमा अन्तिम बिल भुक्तानीसमेत गरी जम्मा रु.२२,४६,६८०।–भुक्तानी लिए/दिएकोमा सम्झौतामा उल्लेख भएको कबोल अंकभन्दा बढि रकम रु.२,५४,७१०।७६।-भुक्तानी लिए/दिएको देखिएको प्रतिबादीले सम्मानित अदालतमा बयान गर्दा समेत उल्लेखित काममा बढी भुक्तानी गएको र महालेखापरिक्षकको कार्यालयको लेखापरिक्षणबाट बेरूजु निकालेको भनी बयान गरेबाट निर्माण कार्यमा भुक्तानी दिदा समेत बढी भुक्तानी दिएको भन्ने पुष्टि भएको।उक्त व्यहोरालाई प्रमाणमा लिई प्रतिबादीहरुलाई आरोप मागदावी बमोजिम सजाय गर्नु पर्नेमा सफाई दिने गरी भएको फैसला प्रमाण ऐन २०३१ को दफा १८ को प्रतिकुल भई बदरभागी रहेको।
     
प्रवक्ता
नरहरि घिमिरे

Notice of appeal Notice of appeal APPEAL CHARGE APPEAL CHARGE
  

Other Press Release

प्रतिवादी विक्रम यादवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/05
प्रतिवादी केशवनन्द बनियाँसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/05
प्रतिवादी उदय कुमार बरबरियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/01/05
प्रतिवादी जितेन्द्र कुमार चौधरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31
प्रतिवादी जितेन्द्र कुमार चौधरी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31
प्रतिवादी भविलाल रामजालीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31
प्रतिवादी लाहानु थारुसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31