प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१५ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट 
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो रु.५,००,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय (घ) मा उल्लेख भएबमोजिम सजाय हुन,
प्रतिवादी अशोक प्रसाद पटेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रु.५,००,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३(१) र ऐ.ऐनको दफा ३(१) को देहाय (घ) मा उल्लेख भएबमोजिम सजाय हुन, 
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।०५ को फैसलाबाट निम्न आधारमा सफाई दिएको-: 
• उजुरकर्ताले पेश गरेको अडियो/भिडियो वार्तालाप संवादबाट प्रतिवादीको साथबाट बरामद ५ लाख रुपैया सापटी लेनदेनको रहेको उल्लेख भएकोले घुस/रिसवत माग गरेको नदेखिएको।
• निर्माण उपभोक्ता समितिका अध्यक्ष/उजुरकर्ताले नगर प्रमुखसँग टेलिफोन वार्ता गरेको नदेखिएको अर्का उजुरकर्ता वडा अध्यक्ष रहेको, वडा अध्यक्षले नगर प्रमुखलाई घुस/रिसवत दिनुपर्ने कुनै कारण नरहेको।
• वादी पक्षका साक्षीहरुले गरेको वकपत्रबाट समेत प्रतिवादीहरुले घुस/रिसवत माग गरेको पुष्टि हुन नसकेको।
• बरामद चेक धर्मेन्द्र प्रसाद पटेलको नाममा काटिएको समेत नदेखिएको, प्रतिवादीबाट रकम बरामद भएको आधारमा मात्र आरोपदावी पुष्टि हुन नसकेको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१५ मा पुनरावेदन गरिएको छः-
देहाय:
• प्रतिवादी धर्मेन्द्र प्रसाद पटेलले उजूरवाला (भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष) शेख तवरेजसंग भवन निर्माण गरी अन्तिम विल भुक्तानीको लागि नगरपालिकामा पेश गर्दा भुक्तानीको प्रकृया आलटाल गरेको र उजूरकर्ताले पटक पटक अनुरोध गर्दा योजना जाँचपास फाराममा सहि नगरी रु ५,००,०००।– नगदै वा चेक घुस रकम माग गरेकोले भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष शेख तवरेजले वाध्य भई बरामद भएको नगद रु.२,५०,०००।– र नगर प्रमुख कै आग्रह अनुसार निजको सहयोगी भई काम गर्ने अशोक कुमार पटेलका नाममा काटिएको रु.२,५०,०००।– चेक समेत बरामद भएको देखिदा उजूरवाला शेख तवरेजले पेश गरेको बिल भुक्तानीको लागि जाँचपास फाराममा सही गर्ने जिम्मेवारी भएका नगर प्रमुख समेत रहेका प्रतिवादी धर्मेन्द्र प्रसाद पटेलले घुस/रिसवत माग गरेको तथ्य पुष्टि भएकोले शेख तवरेजको कामसँग नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल प्रत्यक्ष सरोकारवाला (Interest Person) रहेको तथ्य पुष्टि भएको। 
• रिसवत माग गर्ने कुरा आफैमा गैरकानूनी कार्य हो भन्ने कुराको जानकार निज कसूरदार धर्मेन्द्र प्रसाद पटेलले सम्भव भएसम्म आफू जोगिने किसिमले मात्र कुराकानी, संवाद र टेलिफोन वार्ता गरेको। प्रतिवादीको साथबाट बरामद ५ लाख रुपैया सापटी लेनदेनको नरहेको घुस/रिसवत स्वरुप नगर प्रमुखले माग गरे बमोजिमको रकम हो भन्ने कुरा प्रस्तुत मुद्दाका उजूरकर्ताले अनुसन्धानको क्रममा उल्लेख गरेको, “मैले नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलसंग कुनै किसिमको लेनदेन सापटी गरेको छैन। “सापटी” भनेको रिसवतको नै कोड भाषा बनाउनु भएको।मेरो धर्मेन्द्र प्रसाद पटेलको सहयोगी अशोक प्रसाद पटेलसंग पनि कुनै प्रकारको लेनदेन सापटी भएको छैन।भवन निर्माण कार्य सम्पन्न भएको थियो। मेयरले पाँच लाख रुपैया रिसवत मागेको कुरा शेख तवरेजले गरेको थियो र उ भएर पैसा र चेक दिएको थियो” भन्ने व्यहोराले खण्डित भएको। साथै अर्का उजूरकर्ताले समेत निज प्रतिवादी धर्मेन्द्र प्रसाद पटेलले नगरपालिकामा, निजको घरमा तथा बाटोमा भेट्दा मसंग उक्त रकम माग गर्नु भएको हो।निजले उपभोक्ता समितिलाई कमिसन नदिएसम्म रकम भुक्तानी गर्दैन भन्नु भएको थियो भन्ने व्यहोराको वयानलाई दुवै जना उजूरकर्ताहरुले अदालत समक्षको वकपत्रमा समेत समर्थन गरेको हुँदा उजूरकर्तासंग प्रतिवादी धर्मेन्द्र प्रसाद पटेलले पटक पटक प्रत्यक्ष भेटघाट गरी घुस/रिसवत माग गरेको तथ्य पुष्टि भएको।
• उजूरकर्ताले नगरप्रमुखको कार्यकक्षमा दिएको रकम रु.२,५०,०००।– प्रमुखको टेबलको घर्राबाट बरामद भएको भने रु २,५०,०००।– को चेक टेबल माथि अशोक प्रसाद पटेलको नाममा काटिएको बरामद भएको भन्ने बरामदी मुचुल्काबाट देखिएको।चेकमा रकम लेख्ने व्यक्तिले समेत चेकमा मैले मेयरसाबले भने बमोजिम अशोक प्रसाद पटेलको नाममा चेक लेखेको थिएँ भनी उल्लेख गरेबाट घुस/रिसवत लेनदेनमा नगर प्रमुख समेतको प्रत्यक्ष संलग्नता छ भन्ने पुष्टि भएको।
• निर्माण समितिको चेक व्यक्तिगत लेनदेनमा प्रयोग गर्नुको पुष्ट्याई हुन नसकेको। नगर प्रमुखले “सापटी” भन्ने कोड भाषाको प्रयोग गरी घुस/रिसवत माग गरी आफ्नो कार्यकक्षमा लिए पश्चात मात्र उजूरकर्ताबाट पेश भए बमोजिम विल भुक्तानीको प्रकृया अगाडी बढाउन भनी कार्यालयका कर्मचारीलाई आदेश गरेको स्पष्ट भएको अवस्थालाई नजर अन्दाज गरी बरामद चेक धर्मेन्द्र पटेलको नाममा काटिएको समेत नदेखिएको, प्रतिवादीबाट रकम बरामद भएको आधारमा मात्र आरोपदावी पुष्टि हुन नसकेको भन्ने आधार ग्रहण गरी, उजुरकर्ताको उजुरी निवेदन, प्रवेश मुचुल्का, खानतलासी बरामदी मुचुल्का, अडियो/भिडियो रेकर्ड र निज उजुरकर्ताले निवेदनमा उल्लेख गरे बमोजिमकै नम्वर भएको नगद निज प्रतिवादीको साथबाट बरामद भएको अवस्था र निज उजुरकर्ता लगायत वादी पक्षका साक्षीहरुले अदालत समक्ष गरेको वकपत्रमा उल्लेख गरेको व्यहोराको कुनै मूल्यांकन नगरी प्रतिवादीहरुलाई सफाई दिने गरी फैसला त्रुटिपूर्ण हुँदा बदर भागी रहेको।
 
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01