प्रतिवादीहरु टंक प्रसाद रिजाल, दशरथ भण्डारीसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।१४ गते ।
-------------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाईका बरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजालले कष्टम हायरिङ सेन्टर र पोष्ट हार्भेष्ट सेन्टरका लागि जे.बि.ग्रुप समेतमा आफैं कोटेशन लिन गई ३ वटा ट्रयाक्टरहरुको अस्वाभाविक रुपमा बढी मूल्य रु.१६,३५,०००।– को लागत इष्टिमेट तयार गरी उक्त मूल्यमा ट्याक्टरहरु खरिद गरेको मिसिल संलग्न कागज प्रमाणहरुबाट पुष्टि हुन आएको, प्रतिवादी दशरथ भण्डारीले कोटेशनको लागि समय अभावको कारण देखाई सूचना प्रकाशित नगरी फोनबाट मात्र फर्महरुलाई जानकारी गराएको भन्ने तथ्य आफैंले स्वीकार गरेको साथै निज आफैं कोटेशन लिन बिभिन्न फर्महरुमा गएको र कोटेशन दिएबापत जे.बि.ग्रुपका प्रोपाईटर जनक बोहरालाई पकेट खर्च भनी केही रकम दिएको भन्ने जनक बोहराको बयानबाट खुल्न आएको र प्रतिवादी मोहनराम टेलरले पुष्ट्याईको आधार बिना बढी मूल्यको लागत इष्टिमेट तयार गरी लागत ईष्टिमेटमा हस्ताक्षर गरेको हुँदा प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क) र ऐ.ऐनको दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुरमा जनही बिगो रु.१६,३५,०००।–(सोह्र लाख पैतिस हजार) कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.१६,३५,०००।–(सोह्र लाख पैतिस हजार) निज प्रतिवादी टंक प्रसाद रिजालबाट असुल उपर हुन, 
प्रतिवादी राजिव हमालले अन्य व्यक्तिहरुलाई बेचेको एउटै स्पेशिफिकेशन भएको ट्याक्टरहरुको मूल्यभन्दा शुक्लाफाँटा कृषि सहकारीलाई बेचेको मूल्य अस्वाभाविक बढी भएको तथ्य मिसिल संलग्न बिलबिजकहरुबाट देखिन आएको हुँदा निज प्रतिवादी राजिव हमाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको  कसुरमा बिगो रु.१६,३५,०००।–(सोह्र लाख पैतिस हजार) कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम  कैद वा जरिवाना गरी बिगो रकम रु.१६,३५,०००।–(सोह्र लाख पैतिस हजार) ऐ.ऐनको दफा ८(४) बमोजिम नै निज प्रतिवादीबाट जफत हुन माग दावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०८०/०९/२४ को फैसलाबाट उक्त मुद्दाका प्रतिवादीलाई- 
 
 लागत इष्टिमेट बनाउँदा नै मूल्य उल्लेख भएको र सोही लागत इष्टिमेट बमोजिम न्यूनतम मूल्यमा नै ट्याक्टरहरु खरिद भएको देखिएको,
 अस्वभाविक मूल्य बढाई खरिद गरिएको भनिएका ट्याक्टर भारतबाट आयात भएको देखिएकोमा उक्त ट्याक्टरको नेपालमा आधारभुत मूल्य कति हुन्छ भन्ने विषयमा आयातकर्ताले भन्सार विन्दुमा देखाएको मूल्यनै आयातकर्ताले कायम गरेको बिक्री मूल्य नै हुनेमा वादी पक्षबाट तथ्यगत र बस्तुगत आधारमा मूल्य पत्ता लाग्ने तर्फ अनुसन्धान नै नभएको,
 प्रतिवेदकले पेश गरेको प्रतिवेदनमा ५०HP क्षमताको ट्याक्टरको अधिकतम मूल्य भन्दा प्रतिवादीहरुले किनवेच गरेको खरीद मूल्य न्यून नै रहेको अवस्थामा कोटेशनको प्रकृया पूरा गरी गरेको खरिद बिक्रीमा गैर कानूनी लाभहानी पुर्‍याउने वदनियत नदेखिएको,
 
लगायतका आधारमा प्रतिवादीहरूले आरोपीत कसुरबाट सफाई पाउने भनी सफाई दिएकोमा आयोगबाट देहायका आधारहरू लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।१४ मा पुनरावेदन गरिएको छ।
देहाय:
क. जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. २ र १९ तथा कृष्णपुर नगरपालिका वडा नं. ६ मा आर्थिक वर्ष २०७३/०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर संचालनको लागि शुक्लाफाँटा कृषि सहकारी संस्था मार्फत दिनेश मोटर्स प्रा. लि.ले ५०HP को १ वटा ट्याक्टर रु. १४,००,०००/- मा र ६०HP को २ वटा ट्याक्टर प्रति ट्याक्टर रु. १६,५०,०००/- का दरले खरिद बिक्री गरेकोमा उल्लेखित ट्याक्टर मध्ये ५०HP को ट्याक्टर सोही आ.व.मा नरेन्द्र महरालाई रु. ९,२५,०००/- र ६०HP को ट्याक्टर तुल्सिराम चौधरीलाई रु. १०,७०,०००/- मा दिनेश मोटर्सले बिक्री गरेको मिसिल संलग्न दिनेश मोटर्सको विलहरुबाट देखिएको। तुल्सिराम चौधरी र नरेन्द्र महराले वयानका क्रममा उल्लेखित मूल्यमा दिनेश मोटर्सबाट आफूहरुले ट्याक्टर खरिद गरेको हो भनी स्वीकार गरेको र एउटै स्पेशिफेकेशनका ट्याक्टरहरु अन्य व्यक्तिलाई बेचेको मूल्य भन्दा अस्वभाविक बढी मूल्यमा कृषि सहकारीलाई बिक्री गरेको पुष्टि हुँदा हुँदै प्रतिवादीहरु उपरको अभियोग दावी वस्तुगत आधारमा पुष्टि हुन नसकेको भनी प्रतिवादीहरुलाई सफाई दिनेगरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख. प्रतिवादीहरुले अस्वभाविक मूल्य बढाई किनबेच गरेको ट्याक्टरको मूल्य सम्बन्धमा केशरी चन्द्र भबरलाल फर्म विराटनगरले सोही स्पेसिफिकेशनको ५०HP ट्याक्टरको MRP रु. ११,७०,०००/- रहेकोमा न्यूनतम रु. ९,२५,०००/- र अधिक्तम रु. ९,९०,०००/- मा र ६०HP को ट्याक्टरको MRP रु. १४,७०,०००/- रहे पनि न्यूनतम रु. ११,००,०००/- र अधिकतम रु. १३,५०,०००/- मा आ.व. २०७३/०७४ मा बिक्री गरेको भनी खुलाई पठाइदिएको साथै ट्याक्टर आपूर्तिकर्ता दिनेश मोटर्सले पनि कृषि सहकारीलाई उपलब्ध गराएको भन्दा घटी मूल्यमा अन्य क्रेताहरुलाई ट्रयाक्टर बिक्री गरेको पुष्टि भइरहेको अवस्थामा घटी मूल्यमा ट्याक्टर खरिद गर्ने तुल्सिराम चौधरीले अदालतमा आएर बकपत्र गरी आफूले खराब कन्डिसनमा रहेको ट्याक्टर सस्तोमा किनेको हुँ भनी प्रतिवादीहरुलाई बचाइ दिने नियत राखी गरेको बकपत्रलाई आधार बनाई प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ग. ट्याक्टरको कोटेशन उपलब्ध गराउने जे.बि. ग्रुपका संचालक जनकराज बोहराले वयानका क्रममा “पेश गरेको कोटेशन मेरो होइन भनेको”। प्रतिवादी टंक प्रसाद रिजाल र दशरथ भण्डारी दुवै जना मेरो फर्ममा आई “संस्थालाई फाइदा हुन्छ, कोटेशन दिनुहोस्” भनी कोटेशन मागेर लागेका हुन।“कोटेशन दिए वापत दशरथ भण्डारीले मलाई केही रकम दिएको हो” भनी प्रतिवादीहरुले बढी मूल्यमा ट्याक्टर खरिद गरेको पुष्टि हुने गरी वयान गरिदिएको। त्यसैगरी कोटेशन पेश गर्ने मध्येका घोडाघोडी ट्रेड लिंकका संचालक छोटेलाल चौधरी “कृषि सहकारी संस्थालाई कुनै कोटेशन दिएकै छैन” भनी अनुसन्धानको क्रममा लेखाइ दिएकोमा अदालतमा आई प्रतिवादीहरुलाई बचाई दिने नियत राखी “कोटेशन आफूहरुले नै पेश गरेको हो” भनी लेखाई दिएकोमा निजहरुको प्रतिकूल बकपत्र सत्य होइन भन्ने तथ्यको पुष्टि मिसिल संलग्न दररेट एवं दिनेश मोटर्सले आ.व. २०७३/०७४ मा अन्य व्यक्तिहरुलाई बेचेको ट्याक्टरहरुको मूल्यसमेतले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
                                                                     
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु खेमराज बिष्ट, देवराज जोशी, पुर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु खेमराज बिष्ट, देवराज जोशी, पुर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु खेमराज बिष्ट, देवराज जोशी, पुर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादी खेमराज बिष्ट, देवराज जोशीसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु खेमराज बिष्ट, पूर्ण कुँवरसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु छोटेलाल चौधरी र जनकराज बोहरा समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु शिवजी प्रसाद राय, रामकिशोर साहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादीहरु टंक प्रसाद रिजाल, दशरथ भण्डारीसमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/30
प्रतिवादी दशरथ शर्मा पराजुलीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/29
प्रतिवादी भिमकान्त भण्डारी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/08/28