प्रतिवादीहरू यामप्रसाद भुसाल, भगवान झा, राजाराम मण्डल, राम स्वार्थ महतो, जित मोहन कुमार दास, रेनु अग्रवाल र श्री ओम सत्यसाई प्राइभेट लिमिटेड रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।



प्रेस विज्ञप्ति :- मिति २०८१।०५।०६ गते ।
-------------------------------------------------

   अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः 
  क). प्रदेश सचिव याम प्रसाद भुसालको हकमा :  
निज प्रतिवादी यामप्रसाद भुसालले साईकल आपूर्तीको ठेक्काको कार्यमा उल्लिखित सम्झौता शर्तहरु बिपरीतका ब्राण्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानी समेत गरिसकेकोले प्रदेश सरकारलाई प्रति साइकल मुल्य रु.६,४४१ (अक्षरेपी छ हजार चार सय एकचालिस मात्र) को दरले १६,०३८ थान साइकलको कूल रकम  रु.१०,३३,००,७५८ (अक्षरेपी दश करोड तेत्तिस लाख सात सय अन्ठाउन्न मात्र) हानी नोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी याम प्रसाद भुसालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसूर गरी प्रदेश सरकारलाई गैरकानूनी हानी पु-र्याएको देखिएकोले निजलाई विगो रु.१०,३३,००,७५८। (अक्षरेपी दश करोड तेत्तिस लाख सात सय अन्ठाउन्न मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगोबमोजिम जरीवाना गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो समेत असूल उपर हुन र निज प्रतिवादी याम प्रसाद भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको गलत लिखत भएको देखिदा संझौता बमोजिमको अम्बिका ब्राण्डको साइकल प्राप्त हुनुपर्नेमा ब्राण्ड नखुलेका साइकल स्वीकार गरी गलत स्टोर दाखिला तयार गरी भुक्तानी समेत भएको देखिएकोले निज प्रतिबादी याम प्रसाद भुसालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसारको थप कसुर समेत गरेको देखिएको हुँदा निज याम प्रसाद भुसाललाई ऐ.ऐ.को दफा ९ बमोजिम समेत कैद सजाय र जरिवाना हुन; क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी डा.बलराम थापा क्षेत्रीसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी रमेश प्रसाद यादवसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी नगेन्द्र प्रसाद सापकोटासमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी अवधकिशोर प्रसाद कुशवाहासमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/11
प्रतिवादी रामचन्द्र भुषालसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/11
प्रतिवादी मधुकर प्रसाद राजभण्डारी रहेको गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/10