प्रतिवादी महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरुसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।०६ गते ।
-------------------------------------------------

आयोगबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट: 
प्रतिवादीहरु मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा आ.व.२०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेश विक्रम शाह, लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक प्र.ह.केशव सिंह ऐरीसमेतले मिति २०७२ साल माघ महिनाको तलब भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलब भत्ता रु.३१,८८,४६८/- र ०७२ साल माघ ३ गतेबाट तलब भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २ दिनको तलब रु.१,४९,६१६/८८ गरी जम्मा रु. ३३,३८,०८४/८८ तलब भत्ता तलबी भरपाईमा किर्ते दस्तखत गरी बदनियतपूर्वक हिनामिना गरेकोले निजहरु महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरु र केशब सिंह ऐरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा रु.३३,३८,०८४।८८ बिगो कायम गरी ऐ.ऐनको दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१)को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगोसमेत निजहरुबाट असुल उपर हुन, क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी भावना महत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/18
प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01