वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुस/रिसवत नगद रु.१,५०,०००।– र रु.४,५०,०००।–को चेकसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।०७ गते ।
----------------------------------------------------

वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले निज लेखा अधिकृत अमृता कोइरालालाई सेवाग्राहीबाट नगद रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) र रु.४,५०,०००।– (चार लाख पचास हजार रुपैयाँ) को चेकसहित घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. ४, कटहर चोकबाट मिति २०८१।०४।०६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
नरहरि घिमिरे

Download Download