संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाही, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रवन्धक एवं संचालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जना उपर बिगो रु. १,४७,१०,८५,४८२।८५ कायम गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२२ गते।
------------------------------------------
 
नेपाल वायुसेवा निगमका महाप्रबन्धकसमेतको मिलेमतोमा A330-200 विमान खरिदमा भएको अनियमितताको छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विमान बिक्रेता/आपूर्तिकर्ताको तर्फबाट Consortium Partner हरु AAR International INC., German Aviation Capital GMBM र Hi Fly-Transporte Aereos SA (Hi Fly Airlines); Consortium ले Special Purpose Company (SPC) को रुपमा नियुक्त गरेको Hifly X Ireland Limited; उल्लिखित Consortium तथा Special Purpose Company ले नेपाल वायुसेवा निगमबाट विमानको रकम प्राप्त गरी Fund Management गर्न Escrow Agent को रुपमा नियुक्त गरेको Norton Rose Fulbright LLP तथा ऐ.ऐ कम्पनीका प्रतिनिधिहरु र खरिदकर्ता नेपाल वायुसेवा निगमका कर्मचारी/पदाधिकारीहरुको प्रत्यक्ष संलग्नता र मिलेमतोमा बदनियत राखी कार्य गरी/गराई सार्वजनिक संस्था नेपाल वायुसेवा निगमलाई प्रत्यक्ष रुपमा अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चार सय बयासी रुपैयाँ पचासी पैसा) प्रतिवादीहरुले गैरकानूनी रुपमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने र आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22