स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, लेखा अधिकृत, इन्जिनियरसमेत ६ जना र Hospitec Enterprises Pvt. Ltd. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।१८ गते।
------------------------------------------
जिल्ला मोरङ्ग, कोशी अस्पताल कोभिड-१९ केन्द्र, विराटनगरमा High Dependency Unit (HDU) जडान तथा सञ्चालन गर्न सामाग्री खरिदको लागि स्वास्थ्य निर्देशनालय, धनकुटाले आब्हान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनौट नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा स्वास्थ्य निर्देशनालय, धनकुटाले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, बिराटनगरको लागि HDU को उपकरण खरिद गर्दा सार्बजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (४ख) बमोजिम पेश भएका कुनैपनि बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाले बोलपत्रसाथ संलग्न गरेको Requirements (Goods Compatibility) पूरा गरेको नदेखिएको अवस्थामा पनि योग्यता पूरा गरेको भनी प्राबिधिक दृष्टिकोणबाट प्रक्रिया पुरा नभएको बोलपत्रलाई प्रक्रिया पुरा भएको भनी मूल्याङ्‍कन समितिवाट गलत लिखत तयार गरी/गराई गलत लिखत प्रतिवेदनको आधारमा बोलपत्र मूल्याङ्‍कन समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६३ को नियम ६२(२) बमोजिमको बोलपत्रमा रहेको भिन्नता खुलाउनु पर्ने अनिवार्य व्यवस्थाको प्रतिकूल सबैभन्दा बढी रकम कवोल गर्ने Hospitec Enterprises Pvt. Ltd., Tinkune, Kathmandu द्वारा पेश भएको बोलपत्र स्वीकृत गर्ने निर्णय गरी/गराई HDU को उपकरण खरिद गरेको देखिन्छ।उक्त खरिद प्रक्रियामा पेश हुन आएका ३ वटा बोलपत्रदाताहरूले अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजातहरू पेश नगरेका कारणले ३ वटै बोलपत्रहरू सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी कोभिड महामारीको विशेष परिस्थिति देखाई अत्यावश्यक स्वास्थ्य पूर्वाधार HDU को उपकरण खरिद गर्नैपर्ने वाध्यता रहेको अवस्था मान्दासमेत सबै भन्दा कम रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गर्नुपर्नेमा गैरकानूनी लाभ लिने बदनियतले सबैभन्दा बढी रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गरेकोले यसरी तेस्रो हुने र पहिलो हुने फर्महरूद्धारा कवोल गरिएको रकमको अन्तर रु.२,८९,६६,०५०।- बराबर अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने/गराउने कार्य गरे/गराएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/19
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा खरिदार पदमा कार्यरत राम कुमार बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/18
जय भवानी माध्यमिक विद्यालय, हिलिहाङ, पाँचथरमा बालविकास सहजकर्ता पदमा कार्यरत बिना कुमारी राई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/06/17