जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजना (CIP) का इन्जिनियर महेश सिंह कठायत, वडा नं. ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।२१ गते।
------------------------------------------
 
जिल्ला मुगु, साबिकको कालै गा.वि.स. वडा नं. ४ हाल सोरु गाउँपालिका वडा नं. ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला मुगुस्थित तन्दावाडा सिंचाई आयोजना उपभोक्ता समितिमार्फत निर्माण गर्न मिति २०७२।०८।१३ बाट आयोजना सुरु गरी मिति २०७३।०८।१३ सम्ममा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र आयोजना विच सम्झौता भई उक्त तन्दवाडादेखि छडासम्मको सिँचाई आयोजनामा उपभोक्ता समिति गठन गरी Headwork’s/Intake construction Works, R.C.C. Canal lining Works, Pipeline Work, Collection Chamber, Gabion Protection Work र Aqueduct Construction को निर्माण कार्य गर्दा शर्त एवं सम्झौता विपरीत सम्झौता बमोजिमको कार्य नगरी इष्टिमेट अनुसारको काम सम्पन्न नभएको अवस्थामा समेत गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी नभए नगरेको कामको समेत पहिलो, दोस्रो र अन्तिम रनिङ विलहरु प्रमाणित गरी उपभोक्ता समितिलाई बास्तविक भए गरेको कार्य भन्दा रु.२६,८२,०१४।- (छब्बीस लाख बयासी हजार चौध रुपैयाँ) बढी भुक्तानी लिई/दिई नेपाल सरकारी/सार्वजनिक संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बद्‌नियतले उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरूउपर देहायबमोजिमको सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26