जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजना (CIP) का इन्जिनियर महेश सिंह कठायत, वडा नं. ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।२१ गते।
------------------------------------------
 
जिल्ला मुगु, साबिकको कालै गा.वि.स. वडा नं. ४ हाल सोरु गाउँपालिका वडा नं. ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला मुगुस्थित तन्दावाडा सिंचाई आयोजना उपभोक्ता समितिमार्फत निर्माण गर्न मिति २०७२।०८।१३ बाट आयोजना सुरु गरी मिति २०७३।०८।१३ सम्ममा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र आयोजना विच सम्झौता भई उक्त तन्दवाडादेखि छडासम्मको सिँचाई आयोजनामा उपभोक्ता समिति गठन गरी Headwork’s/Intake construction Works, R.C.C. Canal lining Works, Pipeline Work, Collection Chamber, Gabion Protection Work र Aqueduct Construction को निर्माण कार्य गर्दा शर्त एवं सम्झौता विपरीत सम्झौता बमोजिमको कार्य नगरी इष्टिमेट अनुसारको काम सम्पन्न नभएको अवस्थामा समेत गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी नभए नगरेको कामको समेत पहिलो, दोस्रो र अन्तिम रनिङ विलहरु प्रमाणित गरी उपभोक्ता समितिलाई बास्तविक भए गरेको कार्य भन्दा रु.२६,८२,०१४।- (छब्बीस लाख बयासी हजार चौध रुपैयाँ) बढी भुक्तानी लिई/दिई नेपाल सरकारी/सार्वजनिक संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बद्‌नियतले उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरूउपर देहायबमोजिमको सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22