नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।२३ गते।
------------------------------------------
 
जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १३ साविक बुटवल नगरपालिका वडा नं. ९ख को सार्वजनिक जग्गा बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले अन्य जग्गाधनीहरुसँग मिलेमतो गरी उक्त जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, बुटवल, रुपन्देही तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीले जिल्ला रुपन्देही साविक बुटवल ९ख मा पर्ने सार्वजनिक बाटो कायम रहेको कि.नं. ४८६३ को जग्गालाई  मिति २०६३।६।२९ गते ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कि.नं. ५९७८ र ५९७९ कायम गरेको, कायम हुन आएको कित्ता नं. ५९७९ लाई साविक जग्गाधनी कै नाउँमा कायम गरिएको तर कित्ता नं. ५९७८ लाई फाईल नक्सा नम्बर ५९८ मा पारी साविकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई विक्री गरिएको, यसरी सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारी जिल्ला रुपन्देही साविक बुटवल ९ख को कि.नं. ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)(ज) बमोजिम सार्वजनिक बाटोलाई व्यक्तिका नाउँमा कायम गरी व्यक्तिलाई नै लाभ हुने किसिमले खरिदविक्री गर्ने गराउने कार्यको कसुर गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ तथा दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदावी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
जिल्ला बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डे उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता (तेली) उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/27
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/23
जिल्ला मोरङ, रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत ७ जना उपर गलत लिखत एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/14