जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०८ गते।
------------------------------------------
 
जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ मा आफू जिवितै हुँदै आफ्नो मृत्यू दर्ताको प्रमाणपत्र बनाएर आफ्नो श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जिवित श्रीमान्‍को मृत्यू भएको भनी निर्मला खत्रीबाट सूचना लिई बद्‍नियतपूर्वक सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानविन नगरी, कानून बमोजिम पेश हुनुपर्ने कागजातहरु समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र वनाउन मृत्युको सूचना फारम विवरण भरी प्रविष्ट गरी गराई जिवित व्यक्तिलाई मृत्यू भएको भनी गलत लिखत तयार गरी गराई मृत्यू दर्ता अभिलेख तयार गरी गराई सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाई बनाउन लगाई रु.४५,२२०।- नेपाल सरकारलाई हानिनोक्सानी गरी गराई निजहरु शिव कुमार महतो र निर्मला खत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि भयो हुँदा निज शिव कुमार महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.४५,२२०।- (पैतालीस हजार दुई सय बीस रुपैयाँ) कायम गरी सोही ऐनको १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन र प्रतिवादी निर्मला खत्रीलाई मुख्य कसुरदार शिव कुमार महतोले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्यमा मतियार भई सोही ऐनको दफा २२ बमोजिम कसुर गरेकोले मुख्य कसुरदार शिव कुमार महतोलाई हुने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रु.४५,२२०|- (पैतालीस हजार दुई सय बीस रुपैयाँ) कायम गरी सोही ऐनको १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी दफा ३ को उपदफा (१) बमोजिम हुने जरिवाना सजाय र सोही ऐनको दफा १७ बमोजिम हुने बिगो असुल उपरसमेतलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
 
साथै शिव कुमार महतोले जिवित व्यक्तिको मृत्यू भएको भनी कार्यालयमा रहेको मृत्यू दर्ता अभिलेख चढाएको र निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्रको गलत लिखत तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरसमेत गरेकोले सोही ऐनको दफा ९ वमोजिम सजाय हुन र प्रतिवादी निर्मला खत्रीलाई मुख्य कसुरदार शिव कुमार महतोले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरजन्य कार्यमा मतियार भई सोही ऐनको दफा २२ बमोजिम कसुर गरेकोमा मुख्य कसुरदार शिव कुमार महतोलाई सोही ऐनको दफा ९ वमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज के.सी. उपर झुट्टा विवरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/19
आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/18
औरही नगरपालिका, महोत्तरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसमेत ११ जना र ५ वटा सप्लायर्स कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/17
जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/13
जिल्ला सर्लाहीस्थित, श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/12
जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराई र इन्जिनियर (छैठौ) डिल्ली राज खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/11
नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/10
नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05