साविक क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाका तत्कालीन का.मु. निर्देशक दिनेश कुमार श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी, प्रधानाद्यापक, शिक्षकसमेत ७ जना उपर सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्ने तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।२४ गते।
------------------------------------------
 
 
बारा जिल्ला, श्री राम प्राथमिक विद्यालय, भर्वलिया, बरैनिया-२ का तत्कालीन प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय प्रथामिक विद्यालय, रौवाहीका पूर्व शिक्षक योगेन्द्र प्रसाद यादवले निजउपर दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंबाट मिति २०७३।१।१६ गते फैसला भै कसुरदार ठहरसमेत भएकोमा सोसम्बन्धी फाइल गायव बनाई राजीनामा गरी, गराई निबृत्तभरण समेत लिए, दिलाइएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन शिक्षक योगेन्द्र प्रसाद यादवले आफू विरुद्ध भ्रष्टाचार मुद्दा दायर भै स्वतः निलम्वनमा रहने अवधि देखि स्वेच्छिक अबकासका लागि राजीनामा पेश गर्दासम्मको अवधिमा समेत रु.१,०५,०३२।२५ निलम्वन रहेको अवधिमा पाउन सक्ने आधा रकम र सो मुद्दा फैसला भई स्वतः वर्खास्त भएको अवस्थामा औषधि उपचार, विरामी विदा र चाड पर्व खर्चसमेतको निबृत्तभरण रकमबापतको रु.१५,८७,२३७।- भुक्तानी लिई कुल रु.१६,९२,२६९।२५ (सोह्र लाख बयानव्बे हजार दुई सय उनानसत्तरी रुपैंया र पैसा पच्चीस) आफूलाई गैरकानुनी लाभ र सरकारी सम्पत्ति हानिनोक्सानी गरे, पुर्‍याएको साथै निजले प्रतिवादी चेथारु प्रसाद कुर्मीसमेतसँग मिलेमतो गरी हाजिरी किताव, बैठक पुस्तिका, तलवी भरपाई लगायत सरकारी कागजात लुकाउने नष्ट गर्ने समेतको कार्य गरेको देखिँदा निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा १७ बमोजिम कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिबाना तथा सोही ऐनको दफा १७ ले निर्देशित गरेअनुसार सोही ऐनको दफा ३(१)को (च) बमोजिम कैद र जरिवाना गरी हानिनोक्सानी भएको बिगो ऐ. ऐनको दफा १७ बमोजिम निजबाट असूल उपर हुनसमेत मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22