चन्द्रपुर नगरपालिका, रौतहटका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देलसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।१६ गते।
------------------------------------------
 
जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका, नगरपालिकाको कार्यालयसमेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको बोलपत्र नं. १९/०७७/०७८ समेतको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसनधान हुँदा चन्द्रपुर नगरपालिका, रौतहटले आ.व. २०७७।०७८ मा ठेक्का नं. १९/०७७/०७८ चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री-मरधर ठेक्का आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी नगराई रु.१७,६८,०००।- (सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ) बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचारजन्य कसुर गरेको र स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् गरी/गराई रु.३७,३४,२९८।०६ (सैतीस लाख चौतीस हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा) रकम बराबरको अवैध रुपमा अधिक नदीजन्य पदार्थ उत्खनन गरी/गराई नगरपालिकालाई उक्त रकम बराबर राजस्व हानिनोक्सानी पुर्‍याई जम्मा रु.५५,०२,१९८।०६ (पचपन्न लाख दुई हजार एक सय अन्ठानव्वे रुपैया छ पैसा) रकम राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उक्त कसुरमा संलग्न प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22