चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोईराला उपर बिगो रु.९०,३९,६२०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१९ गते।
------------------------------------------
 
चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजले सार्वजनिक सेवामा नियुक्ति पाएको मिति २०५४।०७।०५ गतेदेखि मिति २०७८।०८।२१ गतेसम्मको जाँच अवधिमा आय (आम्दानी) तर्फ पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट प्राप्त रकम, बैंक व्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम गरी जम्मा रु.२,९७,८१,८०२।०१ (दुई करोड सन्तानब्बे लाख एकासी हजार आठ सय दुई रुपैयाँ एक पैसा) आय आर्जन गरेको, त्यसैगरी सोही जाँच अवधिमा निजको ब्यय (खर्च तथा लगानी)तर्फ हेर्दा घर निर्माण, उद्योग व्यवसायमा लगानी, कर्जा भुक्तानी, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, बैंक मौज्दात, बिबाह खर्च, सवारी राजस्व, पुँजीगत लाभकर र अन्य सामान खरिद गरी जम्मा रु.३,८८,२१,४२२।०४ (तीन करोड अठासी लाख एक्काइस हजार चार सय बाइस रुपैयाँ चार पैसा) खर्च तथा लगानी गरेको देखिन आएबाट आयभन्दा वढी भएको रु.९०,३९,६२०।३९ रकम ऋणात्मक देखिएको साथै जाँच अवधिको दौरान निजले गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा रु.९०,३९,६२०।३९ (नब्बे लाख उनान्चालीस हजार छ सय बीस रुपैया उनान्चालीस पैसा) बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको हुँदा सार्वनजिक पद धारण गरेका बिन्दु कोईरालाले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज बिन्दु कोईरालालाई बिगो रु.९०,३९,६२०।३९ (नब्बे लाख उनान्चालीस हजार छ सय बीस रुपैया र उनान्चालीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निज बिन्दु कोईरालाले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, स्रोत खुलेको सम्पत्ति समेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ। 
 
साथै बिन्दु कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोईराला समेतको नाममा बैंक खातामा रकम मौज्दातमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम गीता कोईरालालाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको र स्रोत खुलेको सम्पत्ति मध्येबाट बिगो र जरिवाना जफत गरीपाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
 प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22