जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाट उपर बिगो रु.३,१५,८१,०६६।८० कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१७ गते।
------------------------------------------
 
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम बहादुर रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६/०३/३० देखि मिति २०७९।०७।०६ सम्मको समग्र आय (आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजले जाँच अवधिको दौरान गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा रु.३,१५,८१,०६६।८०  (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) बराबरको सम्पत्तिको स्रोत नखुलेको साथै निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा बिभिन्न कम्पनीको  शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिँदा निजले माथि उल्लेख भएबमोजिम रु.३,१५,८१,०६६।८०  (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले निज राम बहादुर रानाभाटले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई विगो रु.३,१५,८१,०६६।८०  (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम लागत मुल्यमा बिगो जफत/असुल उपर गरी पाउन मागदावी  लिइएको छ।
 
साथै राम बहादुर रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च लागत मूल्य वरावरको भागको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी कायम गर्ने साथै निज प्रतिवादी राधा रानाभाटको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
 प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
जिल्ला बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डे उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता (तेली) उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/27
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/23
जिल्ला मोरङ, रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत ७ जना उपर गलत लिखत एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/14