श्री आधारभूत विद्यालय नाङराङ्गे, उदयपुरका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्ण बहादुर क्यापछाकी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।०२ गते।
------------------------------------------
 
जिल्ला उदयपुर, उदयपुरगढी गाउँपालिका-७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षले बिद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी लगाउने भनी तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी बिद्यालयको रकम लिई हालसम्म फिर्ता नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला उदयपुर, उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्ण बहादुर क्यापछाकी मगर भन्ने पूर्ण बहादुर क्यापछाकीले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी निर्णय गराई बिद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी लगाउने भन्ने शर्तमा बिद्यालयको बचतको रूपमा रहेको तथा बिद्यालयलाई प्रोत्साहन स्वरूप प्राप्त रकम रु.१,९०,०००।- (एक लाख नब्बे हजार रुपैयाँ) श्री आधारभूत बिद्यालय नाङराङ्गेका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी लिएकोमा हालसम्म फिर्ता नगरी हिनामिना गरेको देखिएको हुँदा निज पुर्ण बहादुर क्यापछाकीले सार्वजनिक ‍सम्पत्ति हानी नोक्सानी/हिनामिना गरेकोले निज पूर्ण बहादुर क्यापछाकीको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निज पूर्ण बहादुर क्यापछाकीलाई विगो रु.१,९०,०००।- (एक लाख नब्बे हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देशन गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिमको जरिवाना र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कैद सजाय हुनका साथै ऐ. दफा १७ बमोजिम हिनामिना भएको बिगोसमेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06