श्री आधारभूत विद्यालय नाङराङ्गे, उदयपुरका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्ण बहादुर क्यापछाकी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।०२ गते।
------------------------------------------
 
जिल्ला उदयपुर, उदयपुरगढी गाउँपालिका-७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षले बिद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी लगाउने भनी तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी बिद्यालयको रकम लिई हालसम्म फिर्ता नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला उदयपुर, उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्ण बहादुर क्यापछाकी मगर भन्ने पूर्ण बहादुर क्यापछाकीले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको बैठक राखी निर्णय गराई बिद्यालयको आयस्रोत बढाउने कार्यको लागि लगानी लगाउने भन्ने शर्तमा बिद्यालयको बचतको रूपमा रहेको तथा बिद्यालयलाई प्रोत्साहन स्वरूप प्राप्त रकम रु.१,९०,०००।- (एक लाख नब्बे हजार रुपैयाँ) श्री आधारभूत बिद्यालय नाङराङ्गेका तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी लिएकोमा हालसम्म फिर्ता नगरी हिनामिना गरेको देखिएको हुँदा निज पुर्ण बहादुर क्यापछाकीले सार्वजनिक ‍सम्पत्ति हानी नोक्सानी/हिनामिना गरेकोले निज पूर्ण बहादुर क्यापछाकीको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निज पूर्ण बहादुर क्यापछाकीलाई विगो रु.१,९०,०००।- (एक लाख नब्बे हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देशन गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिमको जरिवाना र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कैद सजाय हुनका साथै ऐ. दफा १७ बमोजिम हिनामिना भएको बिगोसमेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15
चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10