साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खडका, संचालक समितिका सदस्यहरुसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।२५ गते।
------------------------------------------

साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी, काठमाडौंको नाममा रहेको सुर्खेत जिल्ला साविक कटकुवा गा.पं. ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०-२-० को जग्गा र बाँके जिल्ला, कोहलपुर गा.वि.स. वडा नं. ३ (क) को क्षेत्रफल ०-२-१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साझा भण्डार सहकारी संस्था लि.का तत्कालीन अध्यक्ष जयकुमार खडका तथा संचालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापाले साझा भण्डार सहकारी लि.को नाममा रहेको सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनाको प्लानिंङ नक्सामा व्यावसायिक क्षेत्र भनी तोकिएको साविक कटकुवा गा.वि.स. वडा नं. ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०-२-० को जग्गा तथा साझा भण्डार सहकारी लि.को नाममा रहेको बाँके जिल्ला, कोहलपुर गा.वि.स. वडा नं. ३(क) को क्षेत्रफल ०-२-१७ को जग्गा साझा भण्डार सहकारी संस्था लि.ले विना आधार र कारण हँचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई रु.४,०४,२४,१८१।२० (चार करोड चार लाख चौवीस हजार एक सय एकासी रुपैया वीस पैसा) हानिनोक्सानी पुर्‍याएको र व्यक्तिलाई फाइदा गराएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको पुष्टि भएको हुँदा निजहरू जयकुमार खडका, आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र अमर थापालाई सुर्खेत र कोहलपुर दुवै स्थानको जग्गा विक्रीवापत संस्थालाई नोक्सानी पुर्‍याएको विगो रु.४,०४,२४,१८१।२० (चार करोड चार लाख चौवीस हजार एक सय एकासी रुपैया वीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा १७ वमोजिम विगोसमेत असुल उपर हुन मागदावी लिइएको छ। क्रमश.....

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22