बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत छैठौं, हाल जनस्वास्थ्य निरीक्षक/अधिकृत सातौं तहका कौशलेन्द्र मिश्र उपर बिगो रु.१,३०,४५,७६०।२९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।१२ गते ।
----------------------------------------------------
बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत छैठौं, हाल जनस्वास्थ्य निरीक्षक/अधिकृत सातौं तहका कौशलेन्द्र मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज कौशलेन्द्र मिश्रले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५७/०३/०८ देखि मिति २०७८/०७/२६ सम्मको अवधिमा निजको पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, निजको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्‍त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भै रकम प्राप्तसमेत जम्मा रु.१,१३,४५,८०५।४३ (एक करोड तेह्र लाख पैँतालीस हजार आठ सय पाँच रुपैया त्रिचालीस पैसा) आय प्राप्त गरेको र निजको ब्ययतर्फ हेर्दा निज तथा निजको नाममा जग्गा खरिद गर्दाको रकम र रजिष्‍ट्रेशन दस्तुर, घर निर्माण खर्च, शैक्षिक खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, सवारी साधन खरिद, शेयर खरिद, उद्योग व्यवसायमा लगानीसमेत गरी जम्मा रु.२,४३,९१,५६५।७२ (दुई करोड त्रिचालीस लाख एकानब्बे हजार पाँच सय पैँसट्ठी रुपैया बहत्तर पैसा) खर्च तथा लगानी गरेको देखिएकोले व्ययको तुलनामा निजले प्राप्‍त गरेको आय रकम रु.१,३०,४५,७६०।२९  (एक करोड तीस लाख पैँतालीस हजार सात सय साठी रूपैयाँ उनन्तीस पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत खुल्न नआएको हुँदा निज कौशलेन्द्र मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निज कौशलेन्द्र मिश्रले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज कौशलेन्द्र मिश्रलाई बिगो रु.१,३०,४५,७६०।२९  (एक करोड तीस लाख पैँतालीस हजार सात सय साठी रूपैयाँ उनन्तीस पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुन एवं साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, ऐ.ऐनको दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति निजको नाममा दर्ता रहेको सम्पत्तिबाट जफत गरी पाउन मागदाबी लिइएको छ।

निज कौशलेन्द्र मिश्रले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र सरोज कुमारी र तुलसा कुमारी शर्मा मिश्रलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 
प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22