जिल्ला कन्चनपुर, भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्शन प्रा.लि. उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।१० गते ।
----------------------------------------------------

जिल्ला कन्चनपुर, भीमदत्त नगरपालिकाले आ.व. २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा कन्स्ट्रक्सन प्रा.लि. लाई नियम विपरित छुट दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले भीमदत्त नगरपालिका, कन्चनपुरबाट आ.व. २०७७/०७८ मा महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्का नं. 9/IR/ 077/78 को भ्याट बाहेक न्यूनतम कबोल अङ्क तोकी वोलपत्र आव्हान भएकोमा उक्त न्यूनतम कवोल अङ्क नै राखी वोलपत्र पेश गरेको भवानी कन्स्ट्रक्शन प्रा.लि.लाई नगर कार्यपालिकाको कार्यालयले तोके कै कवोल अङ्क स्वीकृत गरी ठेक्का सम्झौता गर्न आउने भनी पत्र प्रेषित गरेको र भवानी कन्स्ट्रक्सन प्रा.लि.ले कबोल गरेको अङ्क मिलेमतोमा कम देखाई झुट्टा व्यहोरा उल्लेख गरी सोही रकम कवोल गरेको भनी राजस्व रकम कम निर्धारण गर्ने मनसाय अनुसार बोलपत्र स्वीकृत गरी सम्झौता प्रक्रिया अगाडि बढाउन भीमदत्त नगरपालिकालाई निर्देशन दिने निर्णय एवं निर्णयको माईन्युटसमेत प्रमाणित गरी, सोही बमोजिम राजस्व रकम घटाई भवानी कन्स्ट्रक्सन प्रा.लि.,कन्चनपुरसँग कम राजस्व निर्धारण गरेको तथा ठेक्का कवोल गरी सम्झौता भए बमोजिमको रकममा कुनै कारण जनाई तथा नजनाई कुनै किसिमको मिनाहा तथा छुट दिईने छैन भन्ने व्यवस्था बिपरीत दुई मिटरको सामाजिक दुरी कायम गरी सुरक्षाको मापदण्ड अनिबार्यरुपमा पालनागरी सबै प्रकारको ढुवानी, निर्माण कार्य(निजी), नदी तथा खानीजन्य पदार्थ उत्खनन् सङ्कलन ढुवानी र विक्री बितरण गर्न पाईने भन्ने नेपाल सरकारबाट राजपत्रमा सूचना प्रकाशित भइसकेको अबस्थामा समेत उठाउनुपर्ने नियमानुसारको राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाई कम अङ्कमा सम्झौता र नियम विपरीत राजस्व रकममा छुट तथा मु.अ.कर चुहावट समेत गरी रु.३,३३,२२,५८३।०१ बराबरको राजस्व चुहाबट गरेको हुँदा निजहरु सुरेन्द्र बहादुर विष्ट र पुष्कर प्रसाद भट्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुरमा विगो रु.३,३३,२२,५८३।०१ (तीन करोड तेत्तीस लाख बाइस हजार पाँच सय त्रियासी रुपैयाँ एक पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (1) को देहाय (झ) बमोजिम सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकम रु. रु.३,३३,२२,५८३।०१ को दोव्वर जरिवाना हुन समेतको सजाय हुन तथा  भवानी कन्स्ट्रक्शनले कबोल गरेको अङ्कलाई आधार नलिई श्री भवानी कन्स्ट्रक्सन प्रा.लि.ले कबोल गरेको अङ्क कम देखाई झुट्टा व्यहोरा उल्लेख गरी सोही रकम कवोल गरेको भनी कम राजस्व निर्धारण गर्ने मनसाय अनुसार नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेतले राजस्व कवोल अङ्क घटाई भवानी कन्स्ट्रक्सन प्रा.लि.,कन्चनपुरसँग ठेक्का सम्झौता गर्दा मु.अ. कर रु.२,११,६५,६०८।८५ बराबरको रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकोले घटी राजस्व निर्धारणतर्फको मु.अ.करसमेत रु.२,११,६५,६०८।८५ (दुई करोड एघार लाख पैसठ्ठी हजार छ सय आठ रुपैयाँ पचासी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम प्रतिवादी हरिदत्त जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकम रु.२,११,६५,६०८।८५ को दोव्वर जरिवाना हुन समेतको सजायको मागदावी लिइएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22