जिल्ला कास्की, तत्कालीन सराङकोट गा.वि.स.का तत्कालीन गा.वि.स. अध्यक्ष मोदनाथ रेग्मी र झपट बहादुर थापा, वडा सदस्य, गा.वि.स. सचिव, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८०।०३।०७ गते ।
-----------------------------------------------------------------
जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. १८, सराङकोटस्थित करिब ५/६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन ग्यारजाती गा.वि.स.का जनप्रतिनिधिहरुसमेतले बाटो बनाउन बजेट व्यवस्था गर्ने नाउँमा कानूनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी गराई बढीबढाउ टेण्डर आव्हान गरी बोलकबोल गर्नेबाट प्रस्ताव गरिएको रकम लिई अस्थाई बसोवासको प्रमाणपत्र दिई सरकारी जग्गा अनधिकृत तवरले विक्री वितरण गरेको र तत्कालीन ग्यारजाती गा.वि.स. कै परिवर्तित नाम तत्कालीन सराङकोट गा.वि.स.का जिम्मेवार कर्मचारी तथा पदाधिकारीहरुसमेतले उक्त कार्यको समर्थन जनाई अस्थाई बसोबासको प्रमाणको रुपमा दिल बहादुर गुरुङलाई प्रमाणपत्रसमेत प्रदान गर्नुका साथै आवादी दर्ताका लागि सिफारिस गरेको र निज दिल बहादुर गुरूङले उक्त सरकारी जग्गा हो भनी जानीजानी व्यक्तिगत लाभ प्राप्त गर्ने नियतले सरकारी जग्गा हकभोग गरी व्यक्तिगत स्वामित्व (लालपूर्जा) प्राप्ति गर्न गा.वि.स.वाट सिफारिससमेत प्राप्त गरेको देखिएको। हाल उक्त सरकारी जग्गामा स्थायी संरचना निर्माण गरी सरकारी जग्गा निजी प्रयोगमा लगाएको देखिँदा गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको हानिनोक्सानी दुरुपयोग गरेको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरुउपर देहाय बमोजिमको सजाय र बिगोबमोजिमको जरिवाना तथा हानिनोक्सानी दुरुपयोग गरेको सम्पत्ति असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
भोला दाहाल
Tweet