Online
Complaint

सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०२।०३ गते ।
----------------------------------------------------
सिम्रौनगढ नगरपालिका बारावाट  देवापुरमा पोखरी ठेक्का लगाउँदा ७ वटा फर्मको ठेक्का परेकोमा सम्झौता नगरी धरौटी फिर्ता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले सिम्रौनगढ नगरपालिका बाराले सिम्रौनगढ नगरपालिकाबाट आ.व. २०७५/७६ मा देवापुर माछा पोखरी ठेक्कामा ७ वटा फर्मले टेन्डर फर्म भरेकोमा उक्त ठेक्काको सम्झौता नभईकन ठेक्कामा कबोल गर्ने तेश्रो, चौथो, पाँचौं, छैठौ र सातौं फर्मको धरौटी फिर्ता गर्न तोकआदेश गरेको, गोश्वारा भौचर सदर गरी धरौटीबापत रु.९,२२,५००।- सम्झौता हुनु अगाडि नै फिर्ता गरी सिम्रौनगढ नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.९,२२,५००।- (नौ लाख बाइस हजार पाँच सय रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम  भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको रकम निजहरुबाट असुल उपर हुन साथै सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले पुन: देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गरेको र सो देवापुर पोखरी ठेक्काको लागि पुन: सूचना प्रकाशन गर्दा सार्वजनिक पोखरी संरक्षण समितिको सिफारिस तथा नगरप्रमुखको तोकआदेश समेतका आधारमा ठेक्काको सूचनामा न्यूनतम कबोल अङ्क शुरुको ठेक्काको रकमलाई कुनै पनि सिफारिस तथा निर्णयसमेतको अनदेखा गरी आफूखुसी घटाई एकल निर्णय गरी ठेक्काको न्यूनतम अंक पहिलेको भन्दा आफुखुसी रुपमा घटाई सिम्रौनगढ नगरपालिकालाई रु.९,९५,०००।- घटी राजस्व असुल गरी राजस्व चुहावट गर्ने कार्य गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) बमोजिमको कसुर भएको हुँदा निजलाई रु.९,९५,०००।- (नौ लाख पन्चानब्बे हजार रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकम रु.९,९५,०००।- को दोब्बर जरिवाना हुन समेतको मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका पूर्व बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव उपर रु.४,४७,३४,२१२।२६ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/30
जुम्ला जिल्ला, तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर वास्तविक रुपमा भएको कार्य भन्दा बढी कार्य गरेको भनी गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/28
जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/26
बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहता उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/24
जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानु, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र उपर बिगो रु. ७२,५२,४८०।५९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/11
भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठ, इन्जिनियर, लेखापाल, कन्स्ट्रक्सनका प्रोप्राइटरसमेत ५ जना र भोलेबाबा कन्स्ट्रक्सन उपर गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/10