Online
Complaint

जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं. १० का तत्कालीन तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।२६ गते ।
----------------------------------------------------

जिल्ला सर्लाही, साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मुल्य न्यूनतम मूल्याङ्‍कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मुल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिवन नगरपालिका वडा नं. १० का तत्कालीनका तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले जिल्ला सर्लाही साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नं. ३५१ को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी राजस्व हानिनोक्सानी गर्ने बदनियतका साथ गलत घरबाटो प्रमाणित गरी सोको आधारमा रु.९,३६,०००।- राजस्व रकम (सरकारी रकम) हानिनोक्सानी हुन गएकोले निज शम्भु प्रसाद मैनालीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा रु.९,३६,०००।- (नौ लाख छत्तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदावी लिइएको छ। 

यसैगरी प्रतिवादी गौरी कुमारीले कित्ता नं. ३५१को जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदा हुँदै उक्त कित्ता नं.को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी हरिवन नगरपालिका वडा नं. १० बाट घरबाटो प्रमाणित सिफारिस पत्र लिई सो पत्रबमोजिम पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गाको बाटो नभएको भनी न्यूनतम मूल्यभन्दा कम थैली रकम राखी हिरा कुमारी श्रेष्ठलाई बकसपत्रको लिखत पारित गरी दिएकोले रु.९,३६,०००।-राजस्व रकम हानिनोक्सानी भएको हुँदा निज गौरी कुमारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा रु.९,३६,०००।- (नौ लाख छत्तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत गर्न मागदावी लिइएको छ।

 साथै, प्रतिवादी हिरा कुमारी श्रेष्ठले कित्ता नं. ३५१ को जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदाहुँदै पनि उक्त कित्ता नं. को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी न्यूनतम मूल्यभन्दा कम थैली रकम राखी गौरी कुमारीबाट बकसपत्रको लिखत पारित गरी लिई घटी राजस्व रकम तिरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएकोले निज हिरा कुमारी श्रेष्ठलाई रु.९,३६,०००।- (नौ लाख छत्तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत गर्न मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
    

सहायक प्रवक्ता
    देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/26
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनिया उपर बिगो रु.९१,८६,५४३।३० कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/23
वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/22
कृषि ज्ञान केन्द्र, कालिकोट (हाल: कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/03/20