यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेश प्रसाद पोखरेल उपर बिगो रु. १,०६,३३,३३९।९२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२९ गते ।
----------------------------------------------------
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख (हाल राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौमा  कार्यरत) शाखा अधिकृत गणेश प्रसाद पोखरेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज गणेश प्रसाद पोखरेल सार्वजनिक सेवाको पदमा प्रवेश गरेको मिति २०४६।०३।०१ देखि मिति २०७८।११।१५ सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयहरुको जाँच अवधिमा निजको पारिश्रमिक बचत, बिभिन्न भत्ता तथा पुरस्कार, घरजग्गा बिक्री, कर्मचारी संचय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, बिदेशबाट पठाएको रेमिट्यान्स, मोटरसाइकल बिक्री, शेयर बिक्रीबाट प्राप्त रकम र कृषि आयसमेत गरी जम्मा रु. ३,३१,५५,०६२।१९ (तीन करोड एकतीस लाख पचपन्न हजार बैसठ्ठी रूपैंया उन्नाइस पैसा) आय आर्जन गरेको, त्यसैगरी सोही जाँच अवधिमा निजको ब्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, घर बहाल कर, जग्गा बिक्री गर्दा तिरेको पुँजिगत लाभकर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सामाजिक कार्यमा गरेको खर्च, मोटरसाइकल खरिद, शेयर खरिद तथा लगानी, सुन खरिदमा भएको खर्च र बैंक मौज्दातसमेत गरी जम्मा रु.४,३७,८८,४०२।१० (चार करोड सैंतीस लाख अठासी हजार चार सय दुई रूपैंया दश पैसा) खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा वढी रु.१,०६,३३,३३९।९२ (एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा) बराबरको भागको स्रोत खुल्न नसकेको हुँदा निज गणेश प्रसाद पोखरेलले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.१,०६,३३,३३९।९२ (एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निज गणेश प्रसाद पोखरेलले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति निजको श्रीमती बिमला न्यौपाने पोखरेलको नाममा हाल कायम रहेका सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ ।
यसैगरी निज गणेश प्रसाद पोखरेलले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती बिमला न्यौपाने पोखरेलको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको स्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम बिमला न्यौपाने पोखरेललाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम रहेको सम्पत्तिबाट बिगो जफत र जरिवाना असुल गरी पाउन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । 
 
प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22